Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भिखमङ्गा र नालायकहरुको राज

देशमा नालायक र भिम मंगाहरुको राज चलेको छ । सरकार बन्यो त्यो अपाङ्ग छ । प्रम शेरबहादुर देउवा ज्वोतिष शास्त्रका आधारमा चल्छन् । नेपाली काँग्रेसको नीतिविधि र प्रकृया पनि छैन । चुनव घोषणा पत्र त्यसले हेर्दैन । कम्युनिष्टका कलंक एमालेका केपि ओलीको ४१ महिने शासन निरंकुश एकलकाटे ढोगी त छदै थियो । देश लुट्ने लाईसन्सको रुपमा प्राप्त दुई तिहाई ओलीका लागि आची भयो । बरु कृश्चियन धर्म गुरुको पिसाब अमृत बन्यो ।
यो देश यीनै भिक मंगाहरुको पेवा बन्दैछ । त्यही कारण सरकार जन्मेको आज दुई महिना १४ दिन भयो तर पनि मन्त्री परिषदले पूर्णता पाएको गुट परिवर्तन भएको हुन सक्छ नेकपा एमालेको चोइटो समाजवादीमा ६ जना मन्त्री खान कै लागि एमाले छाडेका छन् । त्यही कारण पार्टीले आफ्ना सबै सांसदहरुलाई ६ ६ महिना मन्त्री बनाउने निर्णयमा पुगेको छ ।

मुलुकको आयश्रोत छैन । राजस्व उठ्दैन उठेको राजस्व भन्सारदेखि भाग लाग्दै गर्दा विकासको बजेट कति खर्च हुन्छ ? जहाँ बजेट गयो त्यहाँ बेरुजु छ । कामको गुणस्तर नहुँदा हरेका वर्ष त्यहाँ बजेट गएकै छ । ओली सत्ताले चलाएको शासन एकलकाटे हुनुमा अरुलाई दोष दिनै परेन । स्वार्थ सबैको मिलेको छ । मात्र खाने कागज मिलाएर कि मा देखाएर मुल प्रश्न यही हो । यहाँ राष्ट्र जनताको कही पनि सरोकार र देखिएको छैन । मन्त्री मण्डल विस्तार नगर्दा त्यसको असर नीतिगत निर्णयमा पर्छ । प्रधानमन्त्रीले मन्त्रालय टुङ्गोमा पुर्याएर सम्बन्धीत पार्टीको जिम्मा लगाई दिएको भए के विग्रन्थ्यो । काँग्रेस र माओवादीका मात्र मन्त्री बनाएर राज्य सञ्चालन गरेको भए भिश्व मंगाहरुलाई असर पर्दैनथ्यो ।

माधव नेपाल, उपेन्द्र यादवहरुलाई पार्टी पुन फुट्ने डर थियो भने पार्टी विभाजन अध्यादेश फिर्ता लिन के कारणले अल्झन् भयो ? एमालेमा गएका दश भाईको त्यही विजोग छ । ओली जस्तो बादशाहाले सिद्दान्त नीति विधि र विचार हेर्ने भए ४१ महिना लुटतन्त्र चल्ने थिएन । आखिर देश यीनै लुटाहाका कारण संकटमा पर्याे । समस्या यीनले खडा गर्दा समस्या पर्ने गरिब बेरोजगार बेशाहरा नै हुन् भन्ने ज्ञान यीनमा भएन । यीनको राजनीति कति देशभक्त जनपृय रहेछ भन्ने बुझ्न कठिन भएन ।


सम्बन्धित समाचार