Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । अर्थ मन्त्रीले श्रोत नखुलेका सम्पत्ति खुला गरेर फेरि चमत्कार गरेका छन् । तस्करी दादागिरी डनवाद र हुण्डीवादीहरुका लागि अर्थमन्त्री जर्नादन शर्माको यो घोषणाले साथ दिनेछ । क्रान्तीकारी जोश जाँगर छ । विकास र सम्वृद्दिको चमक दिनु पनि छ । माओवादीहरु पनि नेकपा एमालेको ओली पथबाट टाढा छैनन् । ओलीले बालुवाटारमा बसेर गरेको विकासे फर्माइस र वर्तमान सरकारले चालेको कदम मिल्दाजुल्दा छन् । त्यही कारण अर्थमन्त्री उर्जामन्त्री बन्दाको खन्चुवा स्वभावका बारेमा माओवादीका कर्मचारीले भन्थे । हिजो कृष्ण महरा विरुद्ध गच्छेदार प्रवृत्ति भन्दै समाचार लेखाएर रमाईलो मच्चाउने जनार्दन शर्माले माओवादीको लगानी भएको बालाजसको जनमैत्री अस्पताल कति सुधारे ? त्यो अस्पताल लाखौ विद्युत महशुल नतिर्नेमा पर्छ । त्यहाँ माओवादीहरुको नैतिकता गिर्दैन ।
अर्थमन्त्रीलाई पैसा खान कठिन छैन । कनिकी सरकारी ढुकुटी सरकारी बंैकमा नराखी निजी बंैकमा राखेर कमिशन खाने श्रीमान्हरुलाई सोधे पुग्छ । अर्थमन्त्रीले चक्लेटमा कर नलगाएर भारवाडी पोस्दा र विद्युत्तीय गाडीको कर दोब्बर बनाउदा डा. युवराज कति बदनाम भए ? त्यही बदनामीले खतिवडा दोस्रो पटक अर्थमन्त्री बन्न सांसद हुन पाएनन् । भष्मशुर नायक केपिले सकेको जोड गरेकै हुन् । केपि ओलीले कसैलाई नगन्दा पार्टीको विभाजन भयो । कम्युनिष्ट सरकार पनि ढल्यो । माओवादीका प्रचण्डले जनार्दनलाई च्याप्दा आम्दानीकति भयो ? मुखत प्रचण्डको पनि छ । बिमा कम्पनीहरुले नयाँ विमा कम्पनी नआउन भनेर अर्थमन्त्रीलाई पोस्ने ठाँउ छ । त्यस्तो काम गर्छनु जनार्दन ओलीको प्रमको उम्मेदवार हुन सक्छन् । तर चरित्र लुटाहा देखिदै गयो भने त्यो सम्भव छैन । सांसदको चुनाव जितेर राजा भइदैन । रुकमको मगर नाचले अर्थमन्त्री जोगिदैन । संरचना फेरिएको छैन । अर्थ मन्त्रालयमा ल्याईएका सचिवले कित भारवाडीको सेगवा गर्छन् भन्ने हो । अहिले प्रम कार्यलयमा भएका सचिव सिसिर ढुङ्गाना शुद्द काठे स्वभावका थिए । उनी काठकै हुन् । पैसा आउने काम उनले कति गरे । उनले हुन्न गर्दिन हुदैन भन्दैनथे । तर सम्बन्ध अग्रवालहरुसँग उनको घनिष्ठ थियो । उनकै कारण तीनै अग्रवालहरुले अन्तशुल्क, भन्सार, राजस्व अनुसन्धान विभागलाई मात्र सताएनन् आन्तरिक राजस्व विभागलाई पनि सताएका हुन् । त्यो थाहा पाएर जर्नादनले शिशिरलाई प्रम कार्यलयमा धमाए । अर्थमन्त्री जनार्दन शर्मा दुधले नुहाएर त्यो पदमा गएको अवधिमा दही बनेर मन्त्रीबाट विदाह हुने अवस्थामा छैनन् । उनले मन्त्रालय जनताको पक्षमा हाँक्ने हो भने सचिव सहसचिव, योजना महाशाखा, राजस्व महाशाखा, कर जस्ता ठाँउमा विश्वास योग्य र मन्त्रीलाई सघाउने राष्ट्र सेवक जरुरी पर्छ । विमा समिति, संस्थान, कम्पनी धितो पत्र वोर्ड, शेयर मार्केट जस्ता ठाँउ देशभक्त राष्ट्रसेवक राखियो भने योजना सफल हुन्छन् । जनार्दनका न त योजना छन् न त कार्यक्रम छन् । सरकारको नेतृत्वमा काँग्रेसका नालायक छन् । त्यस कारण गच्छेदार शैली उनमा झल्कन्छ ।
जनार्दन शर्मा, वर्षमान पून कृष्ण बहादुर महरा रुकुम रोल्पाका डन भएपनि लुटमा दरिन बाँकी छ । काँग्रेसका बिजय गच्छेदार वर्तमान अवस्थामा निलम्बनमा छन् । ललित निवास प्रकरणमा यी परेका मात्र हुन् । दरवारीमा नेवार ससुराली हुदैनथ्यो भने विजयलाई राजाको शाही कालको आयोगले झ्याँइकुटी पार्दथ्यो । आँफू शुद्द हुन उनले राप्रपाका दिपक बोहोरालाई घर बेचे अर्थमन्त्रीले खाने राजस्वको मात्रा प्वाइण्ट प्वइन्टमा हो । त्यसको थालनी ओली शासनको बजेट प्रतिस्थापनबाट शुरु भएको छ । बिमा दलाल र राजस्व माराहरुले अर्थमन्त्री सम्म पुग्न पर्दैन । सचिव र मन्त्रीका सहयोगी आफन्त समाते पुग्छ । आखिर चरित्र पदका लागि गच्छेदार शैली प्रदर्शन गर्नु नै हो । जर्नादन त्यसमा कम छैन यीनको लुट अब देखिन्छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल