Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कम्युनिष्टका चित्रगुप्ता हुन् केपि बा !

संसदीय सर्वाेच्चताको दुहाई दिदा एमाले अध्यक्ष केपि ओलीलाई आँफू सत्ताबाट हट्छु, मेरा पछाडिका मान्छेले मलाई छाड्दैनन् भन्ने थियो । तर उनले सबैतिर भड्काए । ओलीलाई इश्वर, शंकर, प्रदिप, विष्णु र सुभाषहरु चाहिएकै छैनन् । किनकी मंसीर कटेपछि उनी ७१ लाग्छन्। त्यो समय भनेको नेकपा एमालेको उमेर हद लाग्ने विधानको अवस्था हो ।
केपि ओलीले माधवहरुलाई पेल्नु पेले । उनले पेल्ने काम गरे पेलिन परेन । किनकी २०७१ बाट केपि एमालेका डन थिए । डनवादले एमालेमा वर्चस्व कायम गर्दा पार्टीको विधान हेरिएको छैन । नीति र सिद्दान्तको कुरा भनेका एमालेका अध्यक्षका लागि कहिल्यै कामपावी भएनन् । पेल्दै गर्दा बामदेव, झलनाथ माधव किनार लाग्ने गरेका छन् । आफ्ना अपराध राष्ट्रिय लुटको कुरा नगर्ने अरुको खेदो खन्ने चरित्रले नेकपा एमाले र केपि गुटको रमाइलो अब चम्कदैछ । उनका सारथीहरुले सबैतिर विगारेका छन् । वास्तविकता भन्न नसक्ने दाशहरुले पढेको अर्थ छैन ।
लठैत केपिका लठैत नै सहयात्री छन् । त्यसैले एमालेको कलह छिन्नभिन्न भयो । आखिर त्यसले संसदीय गरिमा बचाएनन् । जसले स्वार्थका लागि संसद भंग गर्दै संविधानको मर्यादा माथि नै निरन्तर प्रहार गरे । आज लोकतन्त्र र संघिय शासनको इज्जत बचाउन तीनैले सकेनन् । जसलाई जनताले ५ वर्ष सरकार चलाउन ५ वर्ष प्रतिपक्षमा बसेर लोकतन्त्रको रक्षा गर्ने आदेश दिएको थियो । दलका अगाडि जनता केही भएनन् । उनीहरु कार्यकर्ता माफीया र तस्करको सेवक भएका छन् । काँग्रेस विग्रेको नेकपा सप्रेको स्थान छैन । राज्यकोषको मनपरी परिचालन बन्द गर्न एन कानून बनेका छन् । त्यसको मर्यादा पनि राखिएन । संसदमा जनताका आवश्यकता प्रवेश पाउने समयमा सैद्दान्तिक लडाँइमा विचारै नगरी गुटगत अहंकार डूबेको नेतृत्वले कस्तो संस्कार सिकाउदै छ । जबकी उसकै कारण संसद बन्द भो । जुन बेला राष्ट्रका इष्यु ओझेलमा छन् । नेपालका लागि आवश्यक नभएको अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेशनबाट रु ५४ अर्बको अनुदानमा नेताहरु मरिहत्ते गर्देछन् ।
त्यो छिमेकी पनि होइन नेपाललाई आपत पर्दा भित्र राष्ट्रको नाताले जापान बेलायत फ्रान्स जस्ता राष्ट्रले गरेको सहयोग जति पनि सहयोग गर्दैन । उसको ध्यान नेपाललाई भारतको साथ लिएर कब्जा लिने नै हुन्छ । साभारिक दृष्टिले चीनसँग जोडिएको सीमा नाकामा रहेका बुहमूल्य धातु कब्जा गर्ने अमेरिकी दाउसँग यो जोडिएको छ । जबकी यो बराबरको रकम नेपालमा राजस्वको रुपमा उठाउन सरकार सक्दैन । उठाउन सकिन्छ संसदमा राजस्वका बारेमा प्रसंग उड्दैन । नेतृत्व देशभक्त छैन । त्इो नेतृत्व जनताको दैनिक जीवनसँग जोडिएका विषय कहिल्यै गम्भीर छैन । सरकारको नीति पारदर्शी पनि छैन । भित्र राष्ट्रहरुको साथ चाहिन्छ । तर दाश बन्ने होइन । हाम्रो नेतृत्व कतिपय कुरामा दाश बन्ने गरेको छ । छिमेकी भारतले सीमा मिच्छ हरेक वर्ष नेपालीको हत्या गरेकै छ । तर त्यहाँ शासकहरु राष्ट्र राष्ट्रियता सार्वभौम अखण्डता प्रति जिम्मेवार बन्दैनन् । केपिबाट त्यो आश छैन । एमालेको संसद अवरोधको कारण समाप्त भयो । उसले दुई पटक संसदको हत्या गरेको थियो । उसले संसदीय सर्वाेच्चता भन्दा निरंकुश चरित्र देखाएकै हो । ५ वर्ष संसदलाई भंग गर्ने त्यसको जीवन्ताका लागि सम्मानीत अदालत प्रयोग हुनु पर्ने, नैतिक रुपमा आफैले भंग गरेको संसदलाई बन्धक बनाउने अल्पमतमा भएपनि सत्ता नछाड्ने प्रवृत्तिले कसरी संसदीय सर्वाेच्चता बचाउला ?