Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तो छ माधव नेपालको स्वास्थ्य अवस्था

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम रहेको जानकारी दिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालको शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्य रहेको छ । अध्यक्ष नेपालको मौसमी ज्वरोसम्बन्धी स्वास्थ्य अवस्थाको उपचार भइरहेको अस्पतालले जनाएको छ । त्यस्तै, अध्यक्ष नेपालको कोभिड–१९ परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।
उहाँको छातीको सिटी स्क्यानिङसमेत गरिएको थियो । सामान्य ज्वरो, बान्ता आउने, पेटमा गडबडी र छातीमा केही समस्या देखिएपछि बुधबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको अहिले ५०१ नम्बरको शय्यामा रहेर उपचार भइरहेको छ ।