Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
दशैंताका बलिकाे बिराेध गर्ने इसाई र तिनका छाँयालाई यक्षप्रश्न ? ( १)वैदिक मान्यतामा रहेकाे प्रबृती र निबृतिमार्गबारे के जानकारी छ ?(२) स्थूलयज्ञ र सूक्ष्मयज्ञबारे के जानकारी राख्छौ ?(३) पञ्चजीव सम्बन्धि तिम्रो के धारणा छ ?( ४)बृक्षबलि,पशुबलि,यज्ञबलि र वीरवीरङ्गनाले अाफुलाई किन बलिबेदिमा अाहुति दिन्छन् ?बलि रात्री संस्कृतिसँग जाेडिएकाे सन्दर्भमा तिमिहरुकाे के बिचार छ ?(५)इसाई र इस्लाममा बलि छ कि छैन र त्यसमा तिम्रो के मत छ ? (६)सृष्टिको लयसिद्धान्तलाई तिमी मान्छौ कि मान्दैन नौ ?दुर्गा वा महाकाली जीवकी अामा हुन् र सृष्टिलयमा उनले किन त्यसलाई अाफुमा लिन गराउछिन् यससम्बन्धी तिम्रो के राय छ ?(७) सत्त्व,रज र तमकाे सन्तुलनमा चराचर जगतकाे सृष्टि चलेकाे छ ।रज सृष्टि ,सत्त्व पालन र तम लय हाे भन्नेमा तिमी कहाँ छौ ?(८) देवीको बीजमन्त्र ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे बारे तिमी मान्छौ कि मान्दैनौ ? (९) महिसासुर बधकाे मूल अर्थ के हाे ?(१०)बीजनै जीव हाे भन्नेमा तिम्रो के मत छ ? ।(११) पञ्चमकार, पञ्चतत्त्व ,पञ्चायन र पञ्चसम्प्रदाय शैव, शाक्त्त ,गणपत्य,सौर्य र वैष्णवकाे अन्याेन्याश्रित सम्बन्ध बारे के जानकारी छ ?(१२)अहिंसा परमाेधर्म धर्महिंसा तथैवच : काे के अर्थ हुञ्छ ? यसमा के भन्छौ ? (१३)काेट,खड्ग,छत्र ,शिलाअादिलाई प्रतिकमानि शक्तिपीठका रुपमा अङ्गिकार गर्ने नेपाली समाजमा दुर्गा कवच,अर्गला, कीलक,दुर्गा सप्तशती चण्डीपाठ र श्रीमद्देवीभागवतकाे पाठपरायण गर्ने बिशेष परम्परा रहेकाे छ ।याे मान्यतामा तिम्रो के राय छ ? (१४) मनकामना ,पाथीभरा ,बागीश्वरी,गुहेश्वरी,त्रिपुरेश्वरी,शैलेश्वरी,उग्रतारा ,दन्तकाली ,रक्तकाली, कालिका,मालिका, गढीमाई अादि देवी र शक्तिपीठमकाे इतिहास सनासन छ ,यसमा तिम्रो के राय छ ?हाम्रा सनातनका मूल्यमान्यता ,संस्कृति बिरूद्ध तिमिलाई बाेल्ने अधिकार कसले दियाे ?देवी संस्कृति भनेकाे मात्तृसंस्कृको मूल अाधार हाे ।याे भत्काउन तिमीहरूलाई कसकाे साथ छ ?अन्त्यमा बाह्यशक्तिकाे इशारामा बिराेघ उत्त्रिन्छौ भने तिम्रो जन्मपत्रि बाहिर ल्याउनु नपराेस्।
(लेखक-त्रि.वि.वि सीनासका प्राध्यापक हुनुहन्छ ।)
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल