Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा दाङ तुल्सीपुर उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय सन्तोष रेउलेलाई करिब ६ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई शंका लागि जाँच गर्दा जुत्ताभित्र लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेस्थित सडकबाट सोही स्थान बस्ने २३ वर्षीय चेतन शाही र भेरिगँगा नगरपालिका-७ बस्ने २३ वर्षीय प्रकाश बुढालाई ३ पुरियामा रहेको ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको संयुक्त प्रहरी टोलीले शंका लागि जाँच गर्दा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै वीरेन्द्रनगर नगरपालिका-१० सितलनगर टोलस्थित सडकबाट सोही स्थान बस्ने २७ वर्षीय हिमाल गौतम र दैलेख नारायण नगरपालिका-१ वष्ने १९ वर्षीय बिकाश थापालाई ६ पुरियामा रहेको १ सय २० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा बसिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, चांगुनारायण नगरपालिका-८ खरीपाटीबाट दोलखा शैलुङ गाउँपालिका-२ घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने २६ वर्षीय शिव थापा मगर सहित ५ जनालाई लागू औषध पोल्याण्ड करिब २ ग्राम र गाँजा करिब ४६ ग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग खटिपाटीबाट खटीएको प्रहरी टोलीले मोटरसाइकलमा आएका उनीहरूलाई शंका लागी जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं, काठमाडौं महानगरपालिका-११ थापाथलीबाट सिरहा लहानका २८ वर्षीय अरुण गौतमलाई लागूऔषध पोल्याण्ड ७५ ग्रामसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेका उनलाई शंका लागि जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल