Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
आइतबार साँझ एकाएक एउटा समाचार बाहिरियो, ‘प्रधानन्यायाधीशले मन्त्रीमा कोटा खोजे ।’ मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले पनि भाग खोजेको र त्यसका लागि दुईजनाको नाम सिफारिस गरेको सूचना उच्च राजनीतिक नेतृत्वबाटै सञ्चार माध्यमलाई चुहाइयो । मन्त्रीका लागि सिफारिस गरिएका पात्र प्रधानन्यायाधीशसँग निकट सम्बन्ध रहेका दीपक तिमिल्सिना मन्त्री बन्न लागेको समाचार बाहिर आयो, जुन समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ ।
संसद विघटनको निर्णय उल्टाउँदै परमादेशबाट सरकार गठन गर्ने आदेश दिएको बदलामा प्रधानन्यायाधीशले मन्त्रीको कोटा मागेको समाचार बाहिरिएसँगै सोमबार प्रकाशित अधिकांश दैनिक पत्रिकाले पनि सोही विषयको समाचार प्रकाशन गरे । शक्ति पृथकीकरणको सिद्धान्त विपरीत न्यायपालिका प्रमुखले मन्त्रिपरिषद्मा पनि हिस्सा खोजेको चर्चा चुलिएसँगै सोमबार बिहानै सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीशलाई भेटे ।
बाहिर आएको विषय के हो रु तपाइँले पनि हिस्सा खोज्नुभएको हो रु कसैलाई सिफारिस गर्नुभएको हो भन्दै वकिलहरूले प्रधानन्यायाधीशलाई र्याखर्याखती पारे । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी सम्मिलित टोलीले र्याखर्याखती पारेपछि प्रधानन्यायाधीशले भने, ‘म शक्ति पृथकीकरणको सिद्धान्तमा प्रतिवद्ध छु, कसैलाई सिफारिस गर्ने कुरा पनि भएन र गरेको पनि छैन ।’
समाचारको खण्डन गर्नुहुन्छ कि गर्नुहुँदैन भन्ने पदाधिकारीको जिज्ञासामा प्रधानन्यायाधीशले समाचारको खण्डन गर्ने प्रतिवद्धता जनाए । तर, अचम्मको कुरा, भावी मन्त्रीका रुपमा सर्वोच्चमा आइटी विज्ञका रुपमा चिनिएका दीपक तिमल्सिनाको मात्रै नाम बाहिर आइरहेका बेला प्रधानन्यायाधीशले एकाएक अर्का पात्रको पनि नाम लिए । ती पात्र थिए– बाँकेका गजेन्द्र हमाल ।
सर्वोच्च बारका पदाधिकारीसँग प्रधानन्यायाधीशले भनेका थिए, ‘दीपकको त नाम आयो नै । त्यसबाहेक अर्को गजेन्द्र हमालको पनि नाम आयो । गजेन्द्र भन्या त शेरबहादुर सरहको काँग्रेसको नेता हो नि । उसको नामसँग मलाई जोड्नुपर्छ र रु उसलाई मैले मन्त्री बनाउनुपर्छ र रु मैले बनाएर कोही मन्त्री बन्छ र रु’
नेपाली काँग्रेस बाँकेका नेता हमाल यतिबेला संघीय सांसदसमेत छैनन् । तर, एकाएक मन्त्रीका रुपमा हमालको हल्ला चलेको विषय प्रधानन्यायाधीश आफैले निकाले । जतिबेलासम्म हमालको चर्चा कहीँ कतै थिएन । तर, प्रधानन्यायाधीश आफैले गजेन्द्र हमालको नाम लिएपछि सर्वोच्च बारका पदाधिकारी पनि एकछिन अलमलमा परे । प्रधानन्यायाधीश आफैले हमालको नाम किन लिए भनेर मुखामुख गरे ।
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल