Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा कार्यकर्ता मण्डले शैलीमा उत्रिए : काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तनहुँमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा जानुभएका नेता रिजाल, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति लगायतलाई नेकपाका कार्यकर्ताले खुकुरी, भाला, लाठी, ढुङ्गा र सिसीले आक्रमणको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमका विषयमा स्थानीय प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको काङ्ग्रेसले जनाएको छ । गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा रिजालबाट गराउने निर्णय गरेपछि उनी त्यहाँ गएको बुझिएको छ ।
भवन उद्घाटन गर्नबाट रोक्न ठाउँ ठाउँमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै रिजालसहितका नेताहरु चढेका गाडीमा ढुंगामुढा गरिएको थियो । बाटो अवरुद्ध गरेर बसेका नेकपा कार्यकर्ताहरुले हातहतियार र लाठीले आक्रमण गर्न खोजेको डा। रिजालले दाबी गरेका छन् ।
प्रहरी प्रशासनको आडमा नेकपा कार्यकर्ता आक्रमणमा उत्रिएको आरोप पनि उनले लगाए । नेकपा कार्यकर्ताको अवरोधका बावजुद नेता रिजाल रिसिङ गाउँपालिका पुगेर भवन उद्घाटन गरेका छन् । यता, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाको भवन उद्घाटन गर्न गएका नेताहरुमाथि मण्डले शैलीमा आक्रमण गरी नेकपाले फाँसीवादी चरित्र देखाएको भन्दै भर्त्सना गरेका छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल