Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुखमनाउ गर्दै श्रीमानका जेठानले मन्त्री पद छाडे

काठमाण्डौ । चौतर्फी आलोचनाकाबीच लाज पचाएर मन्त्रीको सपथ लिएका नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा स्वीकृत भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए। प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका थिए। राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरिसकेका छन्। विभिन्न सञ्चार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गरेको बताएका छन्। सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापतिसमेत भएर काम गरेकाले पार्टीले सोहीअनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु, हमालको राजीनामापत्रमा उल्लेख छ। हाल विभिन्न सञ्चारमाध्यायममा सम्प्रेषित समाचार तथा कानुनविद्हरुले आफ्नो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको हमालले दुःख मनाउ गरेका छन्।