Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ७७

काठमाडौं । बेमौसमी वर्षाका कारण निम्तिएको विपदमा ७७ जनाको ज्यान गइसकेको छ । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । बुधबार मात्रै ५० भन्दा बढीको मृत्यु भएको जनाइएको छ । गृहमन्त्रालका अनुसार अहिलेसम्म २७ जना बेपत्ता छन् । कूल २२ जना घाइते छन् भने २७ घर पूर्ण क्षति भएको छ । सबैभन्दा बढी पाँचथरमा पहिरामा परेर २४ को मृत्यु भएको छ । त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कालिकोटमा एक, बैतडीमा चार, डडेलधुरामा एक, बझाङमा दुई, हुम्लामा छ, सोलुखुम्बु र प्यूठानमा एक÷एक, धनकुटामा सात, मोरङमा एक, सुनसरीमा दुई र उदयपुरमा दुई जनाको मृत्यु भएको छ । बाढी÷पहिरामा परेर बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा एक, प्यूठानमा दुई र इलाममा तीन जना बेपत्ता रहेका छन् ।
तराईका जिल्लाहरुमा धानबालीमा ठूलो क्षति पुगेको छ । पाकेको बालीमा क्षति पुग्दा अरबौंको नोक्शान भएको छ । यसले देशको अर्थतन्त्रमा ठूलो असर पर्ने निश्चित भएको छ । सरकारले बाढीपीडितबाट प्रभावितलाई राहत घोषणा गरेको छ । मृतकका परिवार र घरबारविहिनलाई घर बनाउन राहत घोषणा गरेको हो । फाइल तस्बिर