Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रचण्डलाई पछार्न चितवनतिर ओली केन्द्रीत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाहे भने के सम्म गर्छन् भन्ने कुरा काँग्रेसभन्दा झण्डै १२÷१५ हजार बढी मत कम्युनिष्टको भएको ठाउँमा बर्दियाबाट वामदेवलाई पछारे । अहिले उनको निशाना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भएका छन् । एमाले स्थायी कमिटी बैठकले मंसिर १०, ११ र १२ गते हुने महाधिवेशनको स्थल समेत तय गरेको छ । महाधिवेशन चितवनमा हुने भएको छ । १०औं महाधिवेशन चितवनमा गर्ने ओलीकै चाहना हो ।चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको जिल्ला हो । उनकी छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन् । प्रचण्डलाई चितवनमा चुनौती बढाउने ओलीको रणनीति मात्र नभएर प्रतिज्ञा नै रहेको सन्देशहरु प्रवाह भइरहेका छन् ।
यसअघि प्रचण्ड स्वयंले ओलीमाथि आफ्नो चुनावी क्षेत्र चितवनको माडी क्षेत्रमा राम मन्दिर बनाउने जस्ता कार्य गरेको विषय उठाएका थिए । उनले ओलीमाथि आफूलाई असजिलो पार्ने अनेकन गतिविधि गरेको आरोप लगाएका थिए । हुन पनि ओलीले चितवनमा प्रचण्डमाथि चुनौती थपिदिएका छन् ।पूर्वमाओवादी नेता रामबहादुर थापा बादल अहिले एमालेको बागमती प्रदेशको इञ्चार्ज छन् । उनले प्रचण्डविरुद्ध चुनाव लडेर हराउने अभिव्यक्ति दिइसकेका छन् । बादल नै एमाले महाविधेशन मूल व्यवस्थापन समितिका संयोजक छन् ।