Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बाढीपहिरोमा १ सय ११ को ज्यान गयो, ३७ अझै वेपत्ता

काठमाडौं । बेमौसमी झरीले निम्त्याएको बाढी पहिरोमा परी १ सय ११जनाको ज्यान गुमेको छ । ४२ जना घाइते छन् भने ३७ जना वेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार कात्तिक १ गतेदेखि विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबारसम्म प्रदेश १ मा ६५, बागमती प्रदेशमा १, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ३२ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी सुदूरपश्चिममा २३ जना वेपत्ता छन् । प्रदेश १ मा ११, २ नम्बर प्रदेशमा १, लुम्बिनीमा १, कर्णालीमा १ जना वेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाढीको कारण २ हजार २ सय ३२ घर डुबानमा परेका छन् । ७८ घर, १६ गोठ, ६ पुल, १ विद्यालय र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ । १८६ पशु चौपायाको मृत्यु भएको छ । १ हजार १ सय ८८ घरपरिवार विस्थापित भएका छन् ।