Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धनकुवेरहरुलाई सिद्धान्तको चिन्ता

काठमाडौं । शाह वंशीय राजाको शासन हटाएर ल्याइएको गणतन्त्रको दुई तिहाई सरकारले संरक्षित गर्न नसकेपछि नव धनाढ्य बनेका कम्युनिष्ट पार्टीका नेताहरूलाई सिद्धान्त, नीति, निष्ठा र प्रतिबद्धताको खोजी गर्दा चिनियाँ कम्युनिष्ट पार्टीको विकासे फड्को प्रति लोभ लागेको देखियो । नेकपाको आयोजना चिनियाँ कम्युनिष्ट पार्टीको सहआयोजनाबाट गत साता २ दिने गोष्ठी गरियो । सम्बन्ध राख्नु चिनियाँ कम्युनिष्ट पार्टीको सिद्धान्त मान्नु होइन । कम्युनिष्ट पार्टीका धनाढ्य नेताहरू टाइ सुटमा खडा भए । आयोजक थियो नेकपाको स्कुल विभाग । सात प्रदेशमा गणतन्त्र, संघीयता, समावेशीताप्रति समर्पित नेता सत्ताको नेतृत्व गरेका छन् । तर संघीय सरकारले आफ्नो योजनातर्फ ध्यान नदिँदा जनताबाट आलोचित भयो । नेकपा नेताहरू सत्तामा भएका नीतिगत लुटमा छन् सत्तामा नभएका बिचौलियाको लहरमा छन् । नेकपाका मन्त्रीले बिचौलियाको काम गर्छन् ।

कार्यकर्ताको काम गर्दैनन् । यस्तो समयमा अर्वपति नेता, करोडपति सांसद र दलालहरूलाई नेकपा स्कुल विभागले तारे होटलमा चिनले अपनाएको सामाजिक नीति, विकास प्रगति सुनाएर बिग्रेका नेता सप्रलान् ? भालुलाई पुराण सुनाए सरह भएको छ उनीहरूलाई यो शिक्षा । मौका नेकपाले पाएको हो । तर अहिले नेकपाको सरकारले भ्रष्टाचार चम्काउने र स्थानीय तहका जनप्रतिनिधिहरूको लुटाहा शैली हटेको छैन । चीनले गरेको प्रगतिबाट नेपालले शिक्षा लिन भ्रष्टाचारी चरित्र नियन्त्रण गरे मात्र पुग्थ्यो । नेताहरूले देश र आफ्नो स्वाभाव फेरे हुन्छ । पार्टीका अध्यक्षद्वय समेत स्वच्छ भएनन् । नेतानै भ्रष्ट भएपछि ९ सदस्यीय सचिवालय १६५ जनाको पोलिटब्यूरो ४९ जनाको स्थायी समिति, ४४५ जनाको जम्बो केन्द्रीय समितिले चिनियाँ पार्टीको नीति र शिक्षा कस्तो ग्रहण गर्ला ? नेताहरू आफू कुम्ल्याइसकेपछि बल्ल देशको चिन्ता देखाएका छन् ।

नेतृत्वको यो चिन्ताले भ्रष्ट मन्त्रीहरू पदीय बर्खास्तमा पर्छन् भन्ने विश्वास कसरी गर्ने ? भाषण त प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल उपप्रम ईश्वरपोखरेल, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनालले चर्कै गर्छन् तर उनीहरुले आफ्नो सत्ता कार्यकालको विकृति चिनियाँ टोलीद्वारा प्रशिक्षण जमघटमा सम्झन सके कि सकेनन् मूल प्रश्न यो हो । श्रमीक वर्गप्रति नेपाली नेतृत्व कठोर छ । यहाँ त्यही वर्गका नेता युरोपेली युयियनको डलरले ढाडिएका छन् । नेपाल आफैं पनि छिमेकी मुलुक चीनको विश्वासिलो पात्र बन्न सक्छ । नेतृत्वमा देखिएको लम्पसारवादी चरित्रले आफैं अविश्वासी बन्दै गएको पनि छ । नेपालबाट छिमेकी भारतले धेरै लिन्छ, थोरै दिन्छ । भारतीय स्वार्थको हुलाकी सडक नै यसको नमूना हो । जहाँ लामो समयसम्म भारतले पैसा अड्काउँदा हुलाकी सडकको गति अगाडि बढेन । नेपालका लागि चीन र भारत असल छिमेकी राष्ट्र हुन् । नेपालले दुवै देशसँग असल मित्रताका साथ राष्ट्रिय स्वाभिमानको बचाउ गर्दै सम्बन्ध राख्नु पर्छ ।

छिमेकी चीनको कम्युनिष्ट पार्टीका नेताहरूले गत साता नेपालको सैद्धान्तिक, वैचारिक भ्रमण गरे । त्यो भ्रमणमा दुई दिनसम्म नेकपाका नेताहरू ताहे होटलको महंगो बसाईमा बिताए । चिनिया कम्युनिष्ट पार्टीले सरकार चलाएर आफ्नो देशलाई विश्वको साम्राज्यवादी मुलुक अमेरिकालाई हल्लाएको छ । व्यापार विविध कारण, प्राविधिक पक्षमा चीनको लगानी र प्रतिफल बराबर छ । जनतालाई चुनावको बेला जुम्लाहात गर्छ चुनाव जितेपछिको ५ वर्षसम्म आफ्ना दलाल र आसेपासे बाहेक त्यही मतदातालाई चिन्दैन । त्यो चीनले विकासको मामिलामा फड्को मार्दा कम्युनिष्टको सरकार नव अधिनायकवादमा लाग्यो भनेर अमेरिकाले भन्न सक्दैन ।

नेपालको प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले नेकपालाई अधिनायकवादी भनेर लगाएको आरोप आफ्नो तानाशाही चरित्र बिर्सेर छटपटाएको संकेत हो । चीन होस् वा नेपाल २१औं शताब्दीको निरंकुश हुन सक्दैनन् । नेकपाले संघीयता, समावेशीता, गणतन्त्र, सामाजिक न्याय, विधिको शासन स्वीकार्दा काँग्रेसले कुन त्यस्तो समाजवादी एजेण्डा बोक्यो ? अहिले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको कुटनीतिक तयारी शुरु हुँदा तर्सनु पर्ने जरुरी छैन । चीनका राष्ट्रपतिको नेपाल भ्रमण २३ वर्षपछि हुन लागेको हो । २०५३ सालमा ज्याङ जमिनको भ्रमण भएको थियो । काँग्रेसको अमेरिकन लवी र भारतीय लवीले नेकपाको नेतृत्वको वर्तमान सरकारको अपराध खोतल्नु भण्डाफोर गर्नु कता कता सरकार अधिनायकवादी भयो भनेर आत्मसन्तुष्टि लिने मात्र हो ।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल