Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रधानन्यायाधीशमाथि खनिए न्यायाधीशहरु

काठमाडौँ । सम्मानित सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सत्ताको भागवण्डामा भाग खोलेपछि अदालतमाथिको जनताको आस्था समेत माटोमा मिल्न पुगेको छ । सत्तारूढ गठबन्धनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले भाग खोजेको आरोप लागेपछि छलफलमा जुटेका सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीशमाथि छानबिन हुनुपर्ने निष्कर्ष निकालेका छन् । सर्वोच्च अदालतका बहुसंख्यक न्यायाधीशको छलफलले प्रधानन्यायाधीशमाथि छानिबिन हुनुपर्ने र त्यसो हुन नसके उनले अर्को नेतृत्वका लागि बाटो खुला गर्नुपर्ने निष्कर्ष निकालेको छ । वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीसहित सर्वोच्चका बहुमत न्यायाधीशको आज भएको अनौपचारिक बैठकले सर्वोच्च अदालतको विश्वसनीयता र पछिल्ला दिनमा लगातार आइरहेका समाचारको समीक्षा गर्दै गम्भीर प्रश्न उठेकोले प्रधानन्यायाधीश राणामाथि छानबिन हुनुपर्ने निष्कर्ष निकालेको हो । बैठकमा सहभागी न्यायाधीशहरूले अधिकांश समाचारमा सत्यता रहेको र न्यायिक नेतृत्व अक्षम भएकाले बाटो खुला गरिदिनुपर्ने धारणा राखेका थिए । प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालत खुलेको तेस्रो दिन आइतबार पनि आफूलाई मुद्दा तोकेका छैनन् । यसअघि बिहीबार र शुक्रबार पनि राणाले आफ्नोमा कुनै मुद्दा तोकेका थिएनन् । प्रधानन्यायाधीश राणाको क्रियाकलापले सिङ्गो न्याय क्षेत्र बद्नाम भएको ठहर गर्दै न्यायको विश्वसनीयता जोगाउन न्यायाधीशको भूमिकाका विषयमा समेत छलफल भएको जानकारी पनि नाम उल्लेख नगर्ने शर्तमा ती न्यायाधीशले जानकारी दिए । प्रधानन्यायाधीश राणाकै कारणले संवेदनशील र जटिल मुद्दाको सुनुवाइ हुन नसकेको पनि ती न्यायाधीशले बताए ।
प्रधानन्यायाधीश राणाले अविलम्ब निष्पक्ष छानबिन गराई आफूमाथि उठेका प्रश्नको जवाफ प्रमाणले दिने वा राजीनामा दिनेमध्ये एक विकल्प रोज्नुपर्ने ती न्यायाधीशले बताए । सर्वोच्च अदालतका बहुमत न्यायाधीश प्रधानन्यायाधीशविरुद्ध छलफलमा रहेका बेला न्यायाधीशहरू अनिलकुमार सिन्हा र सपना मल्ल प्रधान आइतबारदेखि नै बिदा बसेका छन् । न्यायाधीश ईश्वर खतिवडा पनि दशैँ अघिदेखि अमेरिकामा छन् ।
दशैँअघि बसेको सर्वोच्चको फुल कोर्टको बैठकमा प्रधानन्यायाधीशको आचरण, सर्वोच्चको पद्धति, पारदर्शिता लगायतका कुराहरू उठे पनि राणाले कुनै ठोस निष्कर्ष ननिकाली बैठक टुङ्ग्याएका थिए । फुल कोर्टको बैठकमै न्यायाधीश ईश्वर खतिखडा र प्रकाशमानसिंह राउतले प्रधानन्यायाधीश राणाकै कारण न्यायालय एकपछि अर्को बद्नामीमा गएकाले अटोमेसन सिस्टम या गोलाप्रथाबाट पेशी तोक्न शुरु गर्नुपर्ने धारणा राखेका थिए ।