Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खाँणलाई कार्यबाहक बनाएर प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन्। देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान बेलायतको लन्डन प्रस्थान गरेका हुन् । स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने सम्मेलनमा देउवाले सम्बोधज गर्ने कार्यक्रम छ।
कोप २६ को साइड लाइन वार्तामा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ। प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कने भएका छन् । उनको अनुपस्थितिमा गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।