Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लरोतरो तालले श्रीमान् नगल्ने

काठमाडौं । राजनीतिक दलहरुलाई झुकाएर राजनीतिक भागवण्डा खोज्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा लरोतरो तालले सर्वोच्च छाड्ने पक्षमा छैनन् । न्यायाधीशरहरुको आन्दोलनले राणालाई खासै फरक पारेको छैन । सारा न्यायाक्षेत्र आन्दोलित हुँदा पनि राजनीतिक दल चुँ सम्म बोल्न नसक्नुका पछाडि सानोतिनो कारण पक्कै छैन । चोलेन्द्र शक्तिशाली भएकै कारण उनले सारा आन्दोलनको परवाह नगरी आफ्नो यात्रा अघि बढाइरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘संविधान अनुकुल नै गरौं’ भनेपछि सर्वोच्च अदालतका न्यायाधीशहरु झस्किएका छन् । जबराले सम्मानजनक निकासको प्रस्ताव अघि सारेपछि न्यायाधीशहरुले प्रष्ट मार्गचित्र मागेका थिए । तर सोमबार साँझ न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई भेटेका जबराले कसैलाई पनि अपमाननपूर्वक हटाउन नहुने धारणा राखे । भेटमा सहभागी न्यायाधीशहरुले अरु न्यायाधीशलाई ब्रिफिङ गरेअनुसार प्रधानन्यायाधीश जबराले ‘छलफल गरौं, सकेसम्म संविधान अनुकुल नै गरौं’ भनेका छन् । संविधानअनुकुल निकास भनेको महाअभियोग वा ६५ वर्षे उमेर हद पार गरेपछिको नियमित अवकाश हो । प्रधानन्यायाधीश जबराको प्रस्तावले सर्वोच्चका न्यायाधीशहरु झस्किएका छन् । सोमबार बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न सहमत भएका उनीहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि सुनुवाइ गरेका छैनन् । न्यायाधीशहरु मंगलबार पुनः आन्तरिक छलफलमा जुटेका छन् ।