Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगनहरुको गठबन्धन कुचोले एमाले बढारिएला ?

काठमाडौं । सिंगो नेकपा एमालेविरुद्ध सत्ता गठबन्धन हातमा हात समातेर निर्वाचनसम्म जाने भनिरहेका बेला नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई कुचो लगाएर बढार्ने बताएका छन् । नेपाली कांग्रेसले भक्तपुर सुर्य बिनायक नगरपालिका वडा नम्बर–७ गुण्डुमा शुभ दिपावली र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो। बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो । सिङ्गल–सिङ्गल लड्ने भनेको होइनरु हामी विगतमा सिङ्गल नै लडेर पहिलो पार्टी बनेको हो ।’ उनले अहिले आफूहरुले चाहेर सरकारको नेतृत्व नलिएको भन्दै यो परिस्थितिले दिएको जिम्मेवारी भएको सुनाए । अब जिम्मेवारी लिएपछि यसलाई पूरा गर्नुपर्नेमा उनको जोड छ । उनले आफूहरु युवा पुस्तामाथि ठूलो धोका भएको भन्दै आगामी निर्वाचनमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले वर्तमान सरकार एक वर्ष ढुक्कले चल्ने पनि दाबी गरे । यसमा कोही पनि अलमलमा पर्न नहुने उनको भनाई छ ।