Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छिमेकीको किडा स्थल बन्दैछ देश !

दलहरुमा सैद्दान्तीक विचलन भएकोले नेपालको गणतन्त्र प्रति गणतान्त्रिक मुलुकहरुको विश्वास गुम्दै जाँदा छिमेकीहरुको नेपाल किडा स्थल भएको छ । भ्रष्टाचार कुशासन वर्तमान सत्ताको गहना बन्दैछ । देशमा विसंगतिको चरमचुली छ । तर राजनैतिक नेतृत्वले त्यसमा ध्यान दिएको छैन । काँग्रेसलाई सरकारमा पुर्याउने काम नेकपाको नाउमा केपि ओलीले चलाएको एक दलीय अहंकार र दम्बले गरेको हो । जनताको दोष छैन । कार्यकर्तामा आरोप छैन ।
कुनै पनि दलमा सिद्दान्त र नीतिको झगडा छैन । गुटबन्दी र खन्चुवा चक्लाबन्दी भित्र सामाजिक अपराध गर्न दलका नेता सफल भएका छन् । देश बनाउने चिन्ता कसैमा छैन । काँग्रेस ठिक भएन अब कम्युनिष्टको सरकार बनाउनु पर्छ भनेर बनेको बाम मोर्चा केपिको खल्तीको खजना भयो । काँग्रेससँग राप्रपा र मधेसवादी दलको चुनावी गठबन्धन नेता हेरेर भयो । जनकपुर थातथलो नभएका राजेन्द्र महत्तोले धनूषा ३ बाट चुनाव जिते तर विमलेन्द्र निधिले चुनाव हार्नु पर्याे । यी दुवै भारतका पण्डा थिए ।
लुटतन्त्रलाई प्रमुख आधार बनाएका दलहरुले संघियता पचाउन नसकेको कुरा प्रदेश सरकारहरुले काम देखाउन नसक्नु हो । राष्ट्रपति देशको भन्दा एमाले ओली गुटको बनेकी हुन् । राष्ट्रको ढुकुटीमा ओलीको राज चल्यो । जनता लकडाउनका बेलामा समेत रोजीरोटी गुमाएर राहात पाउन नसक्ने अवस्थामा पुगे । त्यो पार्टीले पुर्यायो । जुनपार्टी सर्वहारा श्रमीक गरिब र किसानको पार्टीका रुपमा रहेको नेकपा एमाले र ओली गुटको थियो । संघिय र प्रदेश सरकारमा त्यही हावि थियो । त्यो गुटले जनता र राष्ट्रभन्दा स्वार्थको सिद्दान्त चम्कायो । तर कम्युनिष्टको आचरण शैली र व्यवहार कतै देखाएन ।
एमाले केपि ओलीकै कारण विभाजित भएको हो । ओली राष्ट्रवादको नक्कली नारा दिएर जनता ढाँट्न सफल सन्यासी बन्न पुगे । सिहंदरबार भित्रको शासन चुनावी नारा गाँउ गाँउमा सिहंदरबार बनाईयो । व्यवहारमा ठिक उल्टो काम गरेर कम्युनिष्ट भनेका गफाडी हुन्छन् भन्ने देखाईयो । देशमा नेकपा भन्ने शक्ति छ त्यो शक्ति जनताको हो त्यसले मुल एजेण्डा राष्ट्र र राष्ट्रियता बनाउँछ भन्ने देखाएन । बजारमा अराजकता निजामति प्रशासनमा अराजकता बढेको बेला कम्युनिष्टको गुटबन्दी र अराजकताले झन् मुलुक सत्यनास बनायो । कालो बजारका नाईके र ठगहरु मोती दुगड जस्ता माफीयाको सारथी बन्दै एमालेको ओली गुटको सेवामा जुटेकै थिए ।
हिजो सरकार परिवर्तनमा ठूला दलहरु जसरी खरिद विक्रीमा खजना हुने गर्थ आज दलभित्रै बलियो बन्न पुगेका छन् । ओली पार्टी भित्र भाउ खोज्ने पशुतुल्य व्यवहारमा उत्रिए । राम्रो काम गर्ने हिक्मत नभएका नेतामा परिवारवाद हावी भएको छ । सर्वाेच्च अदालतले संसद पूर्नस्थापना गर्दा ओलीलाई डाहा भयो । ओलीले देश जहाँ सुकै जाओस् आँफू र आफ्नो टीम बाहेक अरुलाई सत्ता र शक्तिमा ढिम्कीन नदिनु नै जनताको बहुदलीय जनवाद भन्ने भयो ।
अदालत जस्तो न्यायिक थलो समेत बारम्बार विवादमा आयो । भ्रष्टाचारमा कालोकोट मात्र सरिक भएन । प्रहरी, सेना, शसस्त्र प्रहरी जस्ता फौजी समूह समेत भ्रष्टाचार मुक्त भएनन् । जनताले परिवर्तनका लागि बगाएको रगत केवल माटोमा मिल्यो । गणतन्त्र संघियता लोकतन्त्र र समावेशीता भित्र कानूनी धरातल बलियो भएन । माओवादीको एजेण्डामा देश चल्यो । तर त्यो शक्ति आफैमा सत्ता अहंकारले ग्रस्त भयो । त्यसका गहना बनेका सैद्दान्तीक एजेण्डामा गणतन्त्र विरोधी बयल गाढाका व्याराहरु नाचे रमाए । पौरखी नेताले विगारेको देश सपार्न सक्ने स्थितिमा कोही निष्ठावान भएनन् ।


सम्बन्धित समाचार