Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवालाई कर्णको धोका !

काठमाण्डौ । नेपालीमा उखान छ खायो पियो कुपू देखाएर हिड्यो । अहिले सबैतिर त्यस्तै छ अरुले त घेरै नै आफैले राजनीतिमा ठाँउ दिएको लामो समयसम्म आफ्नै सहयोगी बनाएर काँग्रेस डडेलधुराको सभापति बनाएका कर्ण मल्लले शेरबहादुर देउवालाई छाडेका छन् । मल्लको राजनीति धरातल भनेकै देउवा र उनको सहयोगी बनेर बितेका वर्षमा काँग्रेसको जिल्ला नेता बन्नु हो । तर उनले बिगत बिर्सेर आफ्नो खुट्टामा बन्चरो हान्दैछन् । त्यसले भलो उनलाई गर्दैन ।

जुन थालमा खायो त्यो थालमा फोहर गर्ने वैगुनी चरित्रका राजनीति कार्यकर्ता ठूला दलमा धेरै छन् । एमाले नाउको ओली गुटको कोटरीमा लागेकाहरु हिजो माधव र झलनाथको पछि लागेर स्वार्थ पूरा गरेका थिए । काँग्रेसमा नेताको सहयोगी बनेर फाईदा लिनेहरु शेरबहादुर देउवा गृहमन्त्री बनेपछि सत्ता राजनीति यात्रामा चडेका धेरै छन् । ०५१ को मध्यावधि निर्वाचनमा काँग्रेस दोस्रो शक्ति भयो । संसदमा बहुमत कसैको भएन । एमालेको अल्पमत सरकार विरुद्ध शुरुमा काँग्रेसले नै सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउने तयारी गर्दै गर्दा एमालेले राप्रपाकै लोकेन्द्र वा चन्दलाई प्रम बनायो । पंच चोख्याउने काममा प्रतिस्पर्धा भयो ।

चन्दको शासनमा एमाले राप्रपा सदभावना पार्टी सत्तामा रहे । काँग्रेस प्रतिपक्षमा रहेर सत्ताको खेल खेल्यो । गिरिजा कोईरालाले शुरुमा देउवालाई भन्दा राप्रपाका सूर्यबहादुरलाई अगाडि सारे । थापाको सरकार बन्दा राप्रपाकै मूसा कमल थापाहरुले एमाले गठबन्धन चन्द सरकार विरुद्ध फ्लोर क्रस गरे । मन्त्रीका लागि राप्रपाको त्यो चरित्र विरुद्ध लोकेन्द्र बहादुर चन्दले संसदमा फायर खोले । पार्टीमा मुसा प्रवृत्ति बढ्यो भन्ने उनको कटाक्षले अवसरवादीहरुलाई आक्रमण गर्याे । संसद खिचडी हुँदा काँग्रेस र एमालेले पूर्वपँचहरुको अपराध माफ गरे । शेरबहादुर देउवाको सहयोगीका रुपमा तीनै कर्ण माल्ल थिए । यो रियल्सल देखेका मल्ल अहिले विच्किए किन ? उनलाई सम्पत्ति पुग्यो र ?

देउवाको पहिलो दोस्रो तेस्रो कार्यकालसम्म सहयोगी बनेका कर्ण मल्ल देउवासँग किन विच्कीन थाले ? वैगुनीलाई गुनले मार्नु भनेझै देउवाले पार्टीको तेह«ौ महाधिवेशनको समयको जिल्ला पार्टी निर्वाचनमा कर्ण मल्ललाई पार्टी सभापति बनाए । डडेलधुरामा संस्थापन भनेपनि इतर भने पनि शेरबहादुर थिए । उनलाई साईजमा ल्याउन सुदुर पश्चिमा स्व गिरिजा कोइरालाले तारणी दत चटौतलाई अगाडि सारे, दिलेन्द्र वढुलाई उचाले, तर उनीहरुको पूरानो पृष्ठभूमि पंच भएकोले देउवालाई उछिन्न सक्ने अवस्था थिएन । अहिले चटौत वेपत्ता छन् बढु कानून मन्त्री छन् । कोइराला परिवारबाट पार्टी सत्ता फिर्ता गर्न होस् वा स्व. कृष्ण प्रसाद भट्राई गणेशमान सिहं प्रतिको अपमान विरुद्ध गिरिजा गुटसँगको लडाइमा होस् देउवा पहिले एक्लो भिडे । चिरन्जीवी वाग्ले, गोविन्दराज जोशी, खुमबहादुर खड्का, विजय गच्छेदारको टीममा आफ्नै नेतृत्वमा राप्रपा सद्भावना मिलाएर प्रधानमन्त्री बन्दाका बेलाबाट सहयोगी रहेका कर्ण मल्ल जुनथालमा खायो त्यही फोहर गर्न सफल भए । देउवाको नाउमा उनले धनपनि जोडे पार्टीमा सभापति पद सम्म लिए । तर अहिले चिढीएका छन् ।

शेरबहादुरले पछिल्लो समय भतिजहरु भानु देउवा र प्रकाश देउवालाई सहयोगी राखेका छन् । अहिले भानु देउवासँग प्रकाश डा. आरजूसँग दौडधुप गर्छन् । यीनले पनि कर्णमल्लले झै वैगुनी चरित्र देखाए भने शेरबहादुर देउवाले के गरुन् ? कतै उनको परिवारले त रुचाएन शंका छदैछ । किनकी आलोकाँचो व्यक्ति काँचै हुन्छ । स्वार्थ पूरा गर्न हनुमान हुने प्रवृत्ति राजनीति भित्र काँग्रेसमा कर्णमल्लहरु देखिए एमालेमा इश्वरहरु छन् । माओवादी त्यस्तो पहुँचवाला छैन । चर्को कुरा व्यवहारमा धम्पुस माओवादी चरित्र अहिले पनि छ तर पार्टी एकल निर्वाचनमा होमिने स्थिती आयो भने जित्ने तागत रुकुम, रोल्पा, सिन्धुली र गोरखाका एकएक क्षेत्र बाहेक छैन । काँग्रेस देशभर छ । मात्र रामचन्द्रको खुनखुन कोईराला परिवारको वपौती जस्तो बन्नबाट बचाएर डडेलधुराको सामान्य परिवारको हातमा पार्टी पुग्दा कर्णमल्ल जस्ता लोटाहरु देशभरको शेर बनेका सुदुर पश्चिमका जीवनभरका शेरका विरुद्ध लाग्नु अचम्म मान्नु पर्छ । तर यीनले केहि लछार्दैनन् ।
देउवाका पूराना सारथीले छाडे भनेर पैसा पाए एक्लै हजम गर्ने रामचन्द्र पौडेलहरु खुसी हुन पर्दैन । किन पौडेलको चित्त, झिङ्गाको पित्त जस्तै हो । आफ्नै गृहजिल्लाका युवा नेताहरु ध्रुव वाग्ले, शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदिप पौडेल समेतले वाग्ले, भण्डारी, भट्टराई देउवाका सहयोगीका रुपमा केन्द्रीय सदस्य र विभागीय प्रमुख बनेका पनि छन् । प्रदिप पौडेललाई पार्टीको कृयाशील सदस्यता छानविन समितिमा कृष्ण सिटौलाको कोटाबाट प्रवेश गरे पनि साथ रामचन्द्र रह्यो । युवाको हालत पौडेलसँग लाग्नेहरुको राम्रो छैन ।

देउवाका विरुद्ध लाग्ने कोईराला परिवारको पनि पार्टीमा अब मौका छैन । डा. शशाङ्क विपि पूत्र भएकाले मौका पाए । तर पार्टीमा केही लछारेनन् । सुजाता गिरिजा पूत्री भएकाले सांसद भइन्, उपप्रमसम्म बनिन् । तर परराष्ट्रमन्त्री बन्दा मन्त्रालय भित्रैबाट पासपोर्ट चोराईन । राष्ट्रवादी चिन्तन तीनमा छेदै थिएन र छैन । भ्रष्टाचार र राज्यको श्रोत लुट्ने उनी नायक नै हुन् । वायुसेवा निगमलाई अहिलेको हालतमा पुर्याउने गिरिजा र सुुजाता हुन् । तर शेरबहादुर देउवाको अग्रसरतामा कहाँ कहाँ भयो राष्ट्रघात ! देशमा यस्ता राष्ट्रघाती अपराध कर्णमल्ल भन्न सक्छन् ? देउवाको पालामा भएको राष्ट्रघाती महाकाली सन्धीका नायक केपि ओली र माधव नेपाल हुन् भने सहनायक राप्रपाका अध्यक्ष पशुपति शम्सेर जवरा र डा. प्रकाश चन्द लोहनी हुन् । त्यसकारण काँग्रेसमा देउवाको विकल्प यसपटक छैन । तर उनी केपि ओली झै मात्नु हुदैन । सहमतिको सरकार सहमति मै चल्न दिनुपर्छ ।


सम्बन्धित समाचार