Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खानेपानी संस्थानको महाप्रबन्धक खोज्दै ठेकेदार

काठमाडौं । नेपाल खानेपानी संस्थानमा महाप्रबन्धक बन्नका लागि चार जना प्रतिस्पर्धीहरू सिंहदरबारमा घाम ताप्ने र मन्त्रीको च्याम्बरमा पुग्ने गरिरहेका छन् । अर्जुन बाबु ढकाल, भूपेन्द्र प्रसाई, डोलप्रसाद चापागाई र त्रिदेव श्रेष्ठ यो प्रतिस्पर्धामा जुटेका छन् । अहिले संस्थानमा भूपेन्द्रका भाइ ईश्वरी प्रसाईलाई निमित्त महाप्रबन्धक बनाइएको छ । भूपेन्द्रको अवधि समाप्ति भएपछि उनले भाईलाई नै निमित्त दिएका हुन् । संस्थानको महाप्रबन्धक एक चरण खाइसकेका अर्जुनबाबु ढकालले आफ्नो पहिलो कार्यकालमा संस्थानका कर्मचारीहरूको वृद्धि विकास रोकेपछि उनीविरुद्ध कर्मचारीहरू जुटेका थिए । बोर्ड बैठकमा आफ्नो कुरा नबिकेपछि माइन्युट च्यातेर हिँडेका अर्जुनबाबु काठमाडौं उपत्यका खानेपानी लिमिटेडका नवौं तहका कर्मचारी हुन् । अहिले उनी केयुकेएलमै कार्यरत छन् । काँग्रेसको फेरो समातेर महाप्रबन्धक बन्नका लागि अर्जुन बाबु लाई जति सजिलो छ संस्थानका प्रशासन प्रमुख त्रिदेव श्रेष्ठ, भूपेन्द्र प्रसाई र डोलप्रसादलाई सहज देखिँदैन । अर्जुनको लागि आवश्यक खर्च क वर्गका ठेकेदार एवं काँग्रेसी सांसद जिपछिरिङ लामाले मिलाउने गरेका छन् । लामाकै आग्रहमा खानेपानी मन्त्री उमाकान्त चौधरी र अर्जुनबाबु ढकालबीचमा कुराकानी भइसकेको छ भने खानेपिने कार्यक्रम भने दैनिकजसो हुने गरेको बताइन्छ । संस्थानमा अर्जुनलाई महाप्रबन्धक बनाउन पाए उपत्यकाबाहिरका संस्थानका कार्यालयहरूको पाइप विस्तार र खानेपानी आयोजना निर्माणको ठेक्का हात पार्न सहज हुने भएकाले जिपछिरिङ लामाले अर्जुनका निम्ति खर्च गरेका हुन् । भनिन्छ लामाले नै प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणासँगसमेत आवश्यक परेको खण्डमा खानेपानी मन्त्रीसँग कुराकानी गर्ने विश्वास अर्जुनबाबु ढकाललाई दिलाएका छन् । ढकालको कार्यकालमा संस्थानको आय–व्यय लेखापरीक्षण नहुँदा महालेखापरीक्षकको कार्यालयले पटक पटक पत्र लेखेको थियो, तर उनले काँग्रेसको धाग लगाएर महालेखा परीक्षक कार्यालयलाई समेत बेवास्ता गर्दै आएका थिए । त्यस्ता कुशल इन्जिनियर पाएको केयुकेएलले प्रगतिचाहिँ कति गर्यो होला ?