Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । धनूषामा ड्रोन क्यामराको तस्करी योजना माथि प्रहार गरेको शसस्त्र प्रहरीले महोत्तरीको एक डँरा गाउपालिका ५ गोनाहा बथनाह अजम्बर पट्टी मोहत्तरी गाँउपालिका ४ रानी रतुवाका विभिन्न स्थानको ८ विगाह क्षेत्रफलमा लगाइएको गाँजा आइतबार दलबल फौजी उपस्थितीमा फाँडेको छ ।
महोत्तरीका प्रजिअ र छिन्नमस्ता बाहिनीका प्रमुख गणेश ठाटा मगर, गणका सप्रउ, नेपाल प्रहरीका उपरिक्षक राष्ट्रिय अनुसन्धान विभागका उपरिक्षक, समेत ४५ जना र नेपाल प्रहरीका ३० जनाको टोलीले त्यो काम गरेको हो । टोलीले फाँडेको गाँजा नष्ट समेत गरेको छ । त्यस्तै सर्लाहीको लालबन्दी कामीटारमा ३ विघा क्षेत्रफलको गाँजा दश नं गणका नायव उपरिक्षक दिपेन्द्र थापाको कमाण्डमा शसस्त्रका ४० जना जिप्रका सलार्हीका प्रहरी निरिक्षक सुरेश ठाकुरको कमाण्डमा २४ जनाको संयुक्त टोली गाँजा फाडेर मात्र होइन लुकाइराखिएको गाँजा बरामत गरेर नष्ट गरेको छ ।

त्यस्तै जलेश्वर नपा वडा नं ७ अंकार टोलमा बस्ने सागर दाशले घरमा लुकाएको गाँजा बर्दिबास बाहिनीमा वरिष्ठ हल्दार सन्तोष सिहंको कमाण्डमा गएको टोलीले र विओपी जलेश्वरका निरिक्षक विर्ष बहादुर शाही ९ नं गणका गणपति उपरिक्षक सुरेश सापकोटाको कमाण्डका १५ जनाको टीमले १४.५ केजीका दरले ३ पोकामा ४३.५ केजी गाँजा प्रकाउ गरी जिप्रका महोत्तरीमा बुझाएको छ । डिआइजी ठाडाले छिन्नमस्ता बाहिनीको नेतृत्व लिएको छोटो समयमा गाँजा तस्कर र सीमा तस्करहरुको दोहोलो काडेका छन् । उनको सकृयताले त्यो प्रदेशमा राजस्व समेत बढेको छ । जनताका अगाडि शसस्त्र प्रहरीका जवान तथा अधिकृतहरुको शिर ठाडो भएको बताइन्छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल