Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बारले लत्यायाे प्रधानन्यायाधीशकाे आग्रह

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले बटमलाइन बनाएकाले तत्काल वार्तामा नबस्ने निर्णय भएको छ । वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको बारको ठहर छ ।


सम्बन्धित समाचार