Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाल प्रहरी अस्पतालमा भएको भनिएको अनियमितताका सन्दर्भमा छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेल नेतृत्वको छानबिन समितिले सोमबार प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।
छानबिनबाट प्रहरी अस्पतालमा अनियमितता नदेखिएको तर अस्पतालमा ‘को सिनियर’ भन्ने आन्तरिक झगडामात्रै देखिएको निष्कर्ष निकालिएको छ । आईजीपी क्षत्रीलाई प्रतिवेदन बुझाउँदै छानविन समितिले भविष्यमा ‘जुँगाको लडाईं’ नहुनेगरी सतर्कता अपनाउन सुझाव दिएको छ । अस्पताल प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी डा। आशा सिंहले अनियमित तरिकाले अस्पतालमा स्वास्थ्य सामग्री खरिद गरेको उजुरी परेपछि अख्तियारले छानविनका लागि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि आईजीपी थापाले छानविन समिति गठन गरेका हुन् ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल