Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
३० कात्तिक, बेइजिङ । कोरोनाभाइरसबाट एक दिनमा रुसमा ३८ हजारभन्दा बढी सङ्क्रमित भइरहेका बेला चीनमा भने ५२ जना मात्रै नयाँ सङ्क्रमित भएका छन् ।
चिनियाँ समाचार संस्थाहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा चीनभरिमा ५२ जना मात्र नयाँ सङ्क्रमित थपिएका हुन्
नयाँ थपिएका मध्ये पनि देशभित्रैबाट सङ्क्रमित भएका भने ३२ जना मात्रै रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
आन्तरिक रूपमा सङ्क्रमित भएकामध्ये २५ जना लिओनिङ्का रहेका छन् भने दुई जना हेइलोङजियाङ र एक एक जना हेबेइ र युनानका रहेका छन् ।
अरू २० जना भने विदेशबाट आएकाहरूमध्येमा देखिएको आयोगका अधिकारीहरूले जानकारी दिएका छन् ।
तर सोही अवधिमा रुसमा भने ३८ हजार ४२० जना नयाँ सङ्क्रमित देखिएको रुसी अधिकारीहरूको भनाइ छ । योसँगै रुसमा कोरोनाभाइरसबाट अहिलेसम्म सङ्क्रमितहरूको कूल सङ्ख्या ९१ लाख नौ हजार ९४ पुगेको छ ।
रुसमा पछिल्लो समय लगातार औसतमा ४० हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ । तर ४० हजारभन्दा कम सङ्क्रमित देखिएको सोमबार तेस्रो दिन हो
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल