Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले ६१० मेघावाट विद्युत उत्पादन गर्छ । तर त्यो संस्थाले चुहावट र चोरी नियन्त्रण गर्नु त परेको कुरा आफै भित्रको स्थिती सुदृढ बनाउन सकेको छैन । कूलमान घिसिङ्गलाई दोस्रो पटक नियुक्त गर्दा केपि ओलीका नाता पर्ने हितेन्द्र शाक्यलाई हटाउन पर्याे । शाक्यले लोड सेटिङ्गको तालिका बनाउदै थिए । केपि ओलीका उर्जामन्त्री टोपबहादुर रायमाझीलाई जनताको भन्दा आफैलाई त्यो स्थानमा पुर्याउने पार्टीका अध्यक्षको सत्तो सराप गर्नु थियो ।
जन विद्युतीय क्षेत्रमा निजी क्षेत्रले २०५० सालबाट हात हालेको हो । विद्युत ऐन २०४९ले यो क्षेत्रमा प्राधिकरणको एकाधिकार खोसेको हो । निजी क्षेत्रले पछिल्लो २७ वर्षमा ११० वटा आयोजना निर्माण गरेको छ भने १५ हजार ५ सय मेघावाट भन्दा बढी विद्युत उत्पादन गरेको छ । त्यसमा नीजी क्षेत्रको १० खर्ब लगानी छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इम्पान) को साधारण सभामा प्राप्त सूचना अनुसार आगामी ५ वर्षमा रु १७ खर्ब भन्दा बढी लगानी इम्पानले गर्दैछ । निजी क्षेत्रको ९ सय १३ तामाकोशीको ४७५ मेघावाट उत्पादन गरेको छ । निजी क्षेत्रको ९ सय १३ दशमलम ५३५ मेघावाट छ ।
उत्पादनको कूल हिस्सा ४५ प्रतिशच निजी क्षेत्रको छ । सरकारी क्षेत्रले ३१ आयोजना बनाएको छ । निजी क्षेत्रले ११० आयोजनाको निर्माण गरेको छ । सरकारी तहका सात आयोजनाले ६१० मेघावाट उत्पादन गर्दैछ । साधारण सभामा इम्पानका अध्यक्ष कृष्ण प्रसाद आचार्य उपाध्यक्ष अशिष गर्ग भन्दै थिए सरकारका नीति नियमले साथ दिए ३ वर्षमा ५ हजार मेघावाट उत्पादन गर्न सकिन्छ । प्रम शेरबहादुर देउवाले साधारण सभाको उद्घाटन गरेका थिए ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल