Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रावल भन्छन्, एमाले अध्यक्षमा ओलीविरुद्ध यसकारण भिड्नु पर्यो (पूर्णपाठ)

काठमाडौं । सर्वसम्मत अध्यक्ष बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदामा उपाध्यक्ष भीम रावल खडा हुने भएका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छन् । उपाध्यक्ष रावलले आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीको नीतिअनुसार संचालन हुन आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन् । पार्टी नेतृत्व १० बुँदे सहमति कार्यन्वयनमा इमानदार नभएको र नेकपा एकता जोगाउन असफल भएको भन्दै रावलले आगामी महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी घोषणा गरेका हुन् ।
आफूले थापाथलीस्थित पार्टी कार्यालयबाट उम्मेदवारी दिने घोषणा गरे पनि महाधिवेशनको व्यस्तताका कारण पार्टी कार्यालय खाली नभएको महासचिवबाट जानकारी पाएकाले रिपोर्टस क्लबबाट उम्मेदवारी घोषणा गरेको उनले बताए । मैले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको छु, रावलले भने, यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा एमाले को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु । हाधिवेशनमा रावल सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए । एमालेको नवौं महाधिवेशनमा २ हजार १५२ जनाले मतदान गर्दा उपाध्यक्ष पदका रावलले ११४३ मत ल्याएर विजयी भएका थिए । रावल १० बुँदे सहमति पालना नभएको भन्दै पार्टीमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।