Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदरमा आफूहरुले हस्तक्षेप नगरेको दाबी गरेका छन् । राष्ट्र बैंकको निर्देशनपछि अहिले २४ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर १०।०७ तोकेका छन् । ब्याजदरमा भइरहेको उतारचढावलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकले अघिल्लो महिनाको प्रकाशित सबै बैंकहरुको औसत ब्याजदरमा १० प्रतिशतमात्रै घटबढ गर्न निर्देशन दिइको थियो ।
राष्ट्र बैंकले खुला बजारमा बैंकहरुले आफैं ब्याजदर तोक्ने पाउनु पर्नेमा प्रत्यक्ष हस्तक्षेप गरेको प्रश्न उठिरहेका बेला गभर्नर अधिकारीले यस्तो बताएका हुन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ नाफिज ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अत्याधिक नहोस भनेर नीतिमात्रै बनाएको बताए ।
‘राष्ट्र बैंकले रेट नै तोकेको भन्ने गलत कुरा हो, हामीले एउटा ‘ब्राकेट’ दिएको हो त्यसभित्र रहेर बैंकहरु आफैंले रेट तोक्ने हो,’ गभर्नर अधिकारीले भने, ‘हामीले माइक्रोफाइनान्सहरुलाई १५ प्रतिशत भन्दा बढी लिन पाउँदैनौं भनेका छौं, तर बैंक तथा अन्य वित्तीय संस्थालाई त केही भनेका छैनौं नि ।’
अहिले मूल्य वृद्धि ६ प्रतिशतमा राख्नुपर्ने चुनौतीसमेत राष्ट्र बैंकलाई रहेको उनले बताए । बाह्य क्षेत्र पनि दबावमा रहेको उनले बताए । ब्यालेन्स अफ पेमेन्टमा सपोर्ट गर्ने रेमिट्यान्समा पनि शिथिलता आउँदा अर्थतन्त्रलाई थप समस्या भएको गभर्नर अधिकारीको भनाइ छ ।कर्जा पुँजी निक्षेप अनुपात सीसीडी रेसियो हटाएर कर्जा निक्षेप अनुपात कार्यान्वयनमा ल्याएकै कारण लगानी योग्य रकम ९तरलता० मा समस्या नभएको उनको भनाइ छ । हरेक वर्ष कुनै न कुनै हिसाबले तरलता समस्या देखिने गरेको उनले बताए । तर यस वर्ष अलि धेरै समस्या देखिएको भन्दै उनले बजारमा तरलता सहज होस् भनेर राष्ट्र बैंकले बेलाबेलामा पैसा पठाइरहेको उनले बताए ।
भोलि ठूलो समस्या आउँदा ओत लाग्ने ठाउँ नै नहरने अवस्था भएपछि सीसीडी रेसियो हटाउनु परेको भन्दै उनले केही समूहलाई यसले असर परेको हुनसक्ने बताए । उनले सीसीडी रेसियो नब्यूँताउने स्पष्ट संकेत पनि गरेका छन् । यस्तो अवस्थामा पनि कर्जाको औसत ब्याजदर ९ प्रतिशत भन्दा तल रहनु खुसीको कुरा भएको उनको भनाइ छ ।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल