Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट मोरङ पत्थरी शनिश्‍चरे नगरपालिका(४ घर भएका २६ वर्षीय सन्दिप राईलाई नियन्त्रित लागूऔषध फेनारगन ४ एम्पुल, डाइजेपाम ४ एम्पुल, लुपिजेसिक ४ एम्पुल र सिरिन्ज १३ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १९२७ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार राईलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-१७ रानीगन्जबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ३० ट्याब्लेट, प्रोमिथेजाइन ८ सिसि, नुर्फिन ४ एम्पुल र सिरिन्ज १ थान सहित लालबन्दी नगरपालिका-१६ बस्ने २२ वर्षीय बुद्धसिंह वाईबा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
रौतहट, बौधीमाई नगरपालिका-८ हनुमानचोकस्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन २ सय ५० एम्पुल, डाईजेपाम २ सय ५० एम्पुल र नुर्फिन २ सय ५० एम्पुल सहित मौलापुर नगरपालिका-९ सोनारनिया बस्ने २५ वर्षीय मेधु महतोलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल