Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा लोकतन्त्र स्वाहा, सर्वसम्मतका नाममा चेपचाप

काठमाडांै । चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छान्ने लोकतान्त्तिक अभ्यासलाई नेकपा एमालेले स्वाहा पार्दै सर्वसम्मतिका नाममा अध्यक्ष ओलीको जयजयकार गर्ने टोली गठन गर्दैछ । एमाले महाधिवेशनमा सर्वसम्मतिका नाममा आन्तरिक लोकतान्त्रिक अभ्यास कुण्ठित हुने भएको छ । मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी दाबी गर्ने एमालेले महाधिवेशनमा आवश्यकताभन्दा बढी पद सिर्जना गरी भागबन्डा मिलाउन खोजेको छ । यस्तो भयो भने पदको भागबन्डामा नपर्ने नेताहरूको खुला प्रतिस्पर्धा गर्न पाउने अधिकार कुण्ठित हुनेछ । सर्वसम्मतिका नाममा हुने नेतृत्व चयनले खुला प्रतिस्पर्धाबाट आउने नयाँ सक्षम व्यक्तिलाई रोक्नेछ । माधव नेपाल पार्टी महासचिव हुँदा दबाइएकै कारण ओली विद्रोही भएका थिए । हाल ओली आठौं महाधिवेशनअघिका नेपालजस्तै शक्तिशाली छन् । पार्टीमा उनले जस्तो चाहन्छन्, त्यही हुन्छ । यो महाधिवेशनमा ओलीले आफूमा केन्द्रीकृत शक्ति प्रयोग गरी आफूअनुकूल नेतृत्व ल्याउन चाहेका छन् । एमाले वडा र पालिका अधिवेशनमा प्रतिस्पर्धा एकदम न्यून भयो । केन्द्रको निर्देशनअनुसार आफूअनुकूल प्रतिनिधि चयन गरियो । राजनीतिकशास्त्रका अर्का प्राध्यापक खड्क केसीले कुनै पनि पार्टीमा अस्वस्थ प्रतिस्पर्धा हुनु गलत भएको बताए । एमाले नेता टंक कार्कीले असन्तुष्टिबीच हुने सर्वसम्मति गलत हुने तर्क गरे । उनले नवौं महाधिवेशनमा पार्टीमा उत्कृष्ट आन्तरिक लोकतान्त्रिक अभ्यास भएको बताए । जारी महाधिवेशनको बन्दसत्रमा उपाध्यक्ष भीम रावलबाहेक अरू नेताले उम्मेदवारी दिने घोषणा गरेका छैनन् । निर्वाचन आयोगले औपचारिक रूपमा काम अघि बढाएको छैन तर हलले नेतृत्व चयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिने निर्णय गरेलगत्तै रावलले उम्मेदवारी पेस गरेका छन् । एमाले विधानमा प्रत्येक पार्टी सदस्यले विधानको अधीनमा रही राष्ट्रिय महाधिवेशन वा विधान महाधिवेशन वा अधिवेशन वा आफ्नो कमिटीको बैठकमा आफ्नो मत राख्न पाउने तर फरक मत राख्नेले आफ्नो पदीय वा संगठनात्मक दायित्व निर्वाह गर्नुपर्ने प्रावधान छ ।