Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विवादास्पद प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा चर्को रुपमा नेपाल बार एसोसिएसनले उठाइरहेको छ । तर उनको कोटाबाट दक्षिण कोरियाको युनिफिकेशन चर्चसँग आवद्ध पशुपतिका सदस्यसचिव मिलनकुमार थापाको राजीनामालाई बेवास्ता गरिएको छ । स्मरणरहोस् केपी ओली प्रधानमन्त्री रहेको बेलामा पशुपतिनाथमा जलारि लगाउने क्रममा ११ किलो सुन वर्तमान सदस्यसचिव र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाले हिनामिना गरेको मुद्दा अख्तियारमा रहेको छ ।
थापालाई प्रधानन्यायाधीश राणकै दबावमा पूर्व राजा ज्ञानेन्द्रका सचिवहरू पशुपतिभक्त महर्जन, फणिराज पाठक र सागर तिमिल्सिनाको सल्लाहमा प्रधानमन्त्री शेरबहादुुर देउवाले नियुक्त गरेका थिए । वैदिक सनातन हिन्दू धर्मलाई बदनाम गर्न विवादास्पद, अधार्मिक महिला अस्मिता भण्डारीलाई तथाकथित विश्वहिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको महासचिवको ब्यानरमा समर्थन गर्न लगाइएको थियो । इम्बोस्ड नम्बरमा क्रिश्चियनहरूको करोडौं डलर खाएर वर्तमान संविधानविपरित फैसला गरेका प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणका हरेक निर्णयहरू युनिफिकेशन चर्चको मिशनअनुसार रहेका छन् ।
पूर्व राजा ज्ञानेन्द्रका सचिवहरूले पर्दा भित्रबाट युनिफिकेशन चर्चको मिशनमा काम गरिरहेका छन् । पशुपतिनाथको मृगस्थलीमा योगी नरहरिनाथद्वारा स्थापित बृहत आध्यात्मिक परिषद्मा गुल्मीका सीधा र अत्यन्त सोझा श्रीषनाथ (श्रीष थापा मगर) लाई अगाडि देखाएर युनिफिकेशन चर्च मिशनका सेना र दरबारिया जासुसहरू क्रियाशील रहेका छन् ।
पूर्व आईजीपी हेमबहादुर सिंहका छोरा प्रबन्धबहादुर सिंह (व्याग्रवेद्यनाथ) हिंसात्मक मिशनमा क्रियाशील छन् । स्मरणरहोस् पूर्व सांसद मिर्जा दिलसादबेग (कपिलवस्तु) को हत्या गर्ने भारतीय सुटर यिनै ब्याग्रवेद्यनाथ अर्थात् प्रबन्धबहादुर सिंहको घरमा बसेका थिए । उनी भारतीय जासुसी संस्था रअका कति भित्रिया रहेछन् भन्ने कुरा यो घटनाबाट स्पष्ट हुन्छ । यसको खुलासा पत्रकार सरोजराज अधिकारीले जासुसीको जालो पुस्तकमा गरेका छन् । बृहत आध्यात्मिक परिषद्को ब्यानर दुरुपयोग गरेर रअले ब्याग्रवेद्यनाथलाई परिचालन गरिरहेको छ ।
पूर्व युवराज पारसका साथी समेत रहेका ब्याग्रवेद्यनाथ विवादास्पद व्यक्ति हुन् । मिर्जा दिलसादबेगका हत्यारा नै उनको घरमा बस्नु र उनी युवराज पारसको अघिपछि साथीको रुपमा रहनुबाट रअले दरबारभित्र कसरी खेलिरहेको रहेछ भन्ने स्पष्ट हुन्छ । अहिले गणतन्त्रको घोषणापछि उनलाई बृहत आध्यात्मिक परिषद्को ब्यानरमा सूचनाका लागि रअले परिचालन गरिरहेको छ । यसका पछाडि भाजपाको मुल संगठन आरएसएस रहेको छ । स्मरणरहोस् २०५८ को दरबार हत्याकाण्ड भारतमा आरएसएसको भातृ संगठन भाजपा सरकारकै समयमा भएको थियो भने प्रधानमन्त्री अटलबिहारी बाजपेयी थिए ।
व्याग्रवेद्यनाथले विगतमा आत्महत्या गरेको भनिएकी जेनी कुँवरलाई अराजक रुपमा परिचालन गरेका थिए । गोरखनाथ मठ मृगस्थलीमा बसेका योगीमाथि भौतिक आक्रमण गरेर उद्दण्ड मच्चाएपछि अहिले व्यग्र वेद्यनाथ पश्चिम नेपालको खप्तडमा रहेका छन् । एउटा आध्यात्मिक साधकले अर्को आध्यात्मिक साधकमाथि कहिल्यै पनि आक्रमण गर्दैन । तर भारतीय जासुसी संस्था रअको मिशनमा रहेका व्याग्रवेद्यनाथले यस्ता हिंसात्मक क्रियाकलाप गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासहित यी सबै मिशनरी प्यादाहरू युनिफिकेशन चर्चसँग आवद्ध रहेका छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल