Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कक्षा १२ को नतिजा आज आउँदै

काठमाडौँ । कोरोना कहरलाई छल्दै बल्ल तल्ल लिइएको कक्षा १२ को परीक्षाको नतिजा आउने भएकोछ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै बिहान ९ बजेपछि बोर्डको बैठक डाकिएको छ । नतिजा प्रकाशन गर्ने तयारी पूरा भएको बोर्डले निर्णय गरेपछि सार्वजनिक हुने बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो । विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परीक्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।