Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राप्रपा कार्यालयमा कमल थापाको कुर्सी सुरक्षित, सम्मान स्वरुप लिङ्देन बसे छुट्टै कुर्सीमा

२० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिएकोप्रति खेद व्यक्त गरेका छन् ।
सोमबार पदभार ग्रहण गर्दै लिङ्देनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिनु दुर्भाग्यपूर्ण र खेदजनक भएको बताएका हुन् ।
अध्यक्ष पदमा लिङ्देनसँगको प्रतिस्पर्धामा हारेपछि कमल थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको बताएका थिए । त्यसबारे पत्रकारहरुको प्रश्नमा लिङ्देनले भने, ‘मेरो विजयलाई राजासंस्थासँग तान्नु दुर्भाग्यपूर्ण र खेदजनक छ । यो महाधिवेशन प्रतिनिधिप्रतिको अविश्वास हो ।’
लिङ्देनले राप्रपाका पूर्वअध्यक्षहरु बस्ने गरेको कोठाभन्दा बाहिरको अर्कै कोठामा पदभार ग्रहण गरेका छन् । त्यसबारे राखिएको जिज्ञासामा उनले पूर्वअध्यक्ष कमल थापाका लागि सो कोठा र कुर्सि आफूले राखिदिएको बताए ।

 


सम्बन्धित समाचार

दुर्गा प्रसाईँमाथि साइबर क्राइम

२०८३ जेष्ठ ६

ताजा नेपाल

सत्ताबाट अघाएकालाई के पुगेन

२०८३ जेष्ठ ६

ताजा नेपाल