Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवासँग भिड्ने नेताको टुंगो लगाइँदै

काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा काँग्रेस सभापतिको दाबी गर्नेको संख्या दर्जन हाराहारी पुगिसकेको छ । तर वर्तमान सभापति शेरबहादुर देउवाालई धक्का दिनसक्ने साँच्चैका प्रतिस्पर्धी भने मैदानमा देखिएका छैनन् । सभापतिका लागि संस्थापनइतरले दुई दिनभित्रै साझा उम्मेदवार तय गर्ने भएको छ । आज वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको सभापतिका दाबेदार ४ नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा पौडेलसहित महामन्त्री डा। सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा। शेखर कोइराला सहभागी थिए । ४ नेताले पावर सेयरिङसहित सभापतिको साझा उम्मेदवारबारे छलफल गरेका थिए । विश्वस्त स्रोतका अनुसार प्रदेशहरुको निर्वाचन परिणामलाई दृष्टिगत गरी नेताहरुले समिक्षा गरेका थिए । त्यस अनुसार साझा उम्मेदवार को बन्ने, भविष्यमा विभिन्न पदको बाँडफाँडसम्मबारे छलफल गरेका थिए । वरिष्ठ नेता पौडेल र महामन्त्री डा. सशांक कोइरालाले साझा उम्मेदवार बनाउन ढिलो गर्न नहुनेमा जोड दिदै सिह र कोइरालालाई सहमतिमा आउन आग्रह गरेका थिए । तर, ४ जना नेताकै दाबेदारी यथावत् रहेको बुझिएको छ ।