Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन दजृन जुवाडे झिरिप्पै

काठमाडौं । काठमाडौं महानगरपालिका-४ बनस्थली बस्ने उत्तम कुईकेलको घरमा जुवा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-४ पासिकोट बस्ने ३६ वर्षीय शिवराम भण्डारी लगायत ११ जनालाई नगद ४ लाख १ हजार १५ रुपैयाँ, कौडा १८ थान र १ बुक तास सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
कास्की, पोखरा महानगरपालिका-१८ चालिसे डाँडास्थित रेष्टुरेष्टमा कौडा खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-६ बैदाम बस्ने ४४ वर्षीय खिमलाल पहारी लगायत १५ जनालाई नगद ६ लाख १० हजार रुपैयाँ र कौडा ३२ थान सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-१३ काहुखोला वुडुवा मार्ग बस्ने बिष्णुमाया गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका-१३ वुडुवा मार्ग बस्ने ५७ वर्षीय सूर्य बहादुर कार्की लगायत ७ जनालाई नगद ४९ हजार ५ सय ६० रुपैयाँ र ४ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल