Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार छनोट सकसपूर्ण बनेको छ । नेताका अनुसार अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने छन्, नभए टिम फुट्नेछ ।
पौडेल समूहबाट १४ औं महाधिवेशनमा सभापतिका चार आकांक्षी छन्, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला महामन्त्री डा। शशांक कोइरालाले सोमबारकै छलफलमा साझा उम्मेदवार बन्दा आफू दाबी छोड्न तयार रहेको बताएका छन् । वरिष्ठ नेता पौडेलले प्रकाशमान सिंह र शेखर कोइरालाबीच एक जनाको नाममा सहमति भए मान्ने, नभए आफूलाई समर्थन गर्न आग्रह गरेका छन् ।
तर पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य कोइरालाबीच अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । आकांक्षीहरुबीच सहमति हुन नसकेपछि पौडेल समूहका केन्द्रीय सदस्यहरुले साझा उम्मेदवार छान्ने अधिकार आफूहरुलाई दिन माग गरेका छन् ।
‘यदि प्रकाशमान सहमत हुनुभयो भने रामचन्द्र पौडेल साझा उम्मेदवार बन्नुहुन्छ, नभए साझा उम्मेदवार बनाउने प्रयास सकिन्छ,’ छलफलहरुमा सहभागी एक नेता भन्छन् ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल