Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
यसैबीच काँग्रेसका नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायतका नेताहरु शुक्रबार बिहान पौडेल भेट्न उनको निवास बोहोराटार पुगेका छन् । लगातारको बैठकमा सहमति जुट्न नसकेपनि निराश भइ राजनीति बाटै सन्यास लिने अभिव्यक्ति दिएका नेता पौडेललाई भेट्न नेताहरु बोहोराटार पुगेका हुन् ।
मनोनयन दर्ता गर्ने समय भोलिका लागि तोकिएको सन्दर्भमा अब पौडेललाई नै सभापतिको उम्मेदवार बनाएर अघि बढ्नेबारे बोहोराटारमा छलफल भइरहेको एक नेताले बताए । ती नेताका अनुसार शुक्रबार बिहान पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो भने बैठकमा अरुको नाममा सहमति हुन नसकेको सन्दर्भमा पौडेललाई नै स्वीकारेर अघि बढ्ने विषयमा निर्णय भएको छ।
सोही निर्णयअनुसार नेताहरु पौडेल निवासमा पुगेका हुन् । अझै पनि प्रकाशमान र शेखरले सभापतिमा दावी छाडेका छैनन् भने अब केन्द्रीय नेताहरुको हस्तक्षेप मै उम्मेदवार टुंगो लगाइने भएको ती नेताको भनाइछ । केन्द्रीय सदस्यहरुको बैठकमा नेता कोइरालाले प्रकाशमानले स्वीकारे आफूलाई पौडेललाई स्वीकार्न गाह्रो नहुने बताएका थिए । तर अहिलेको अवस्थमा आफ्नो नाममै सहमति हुनुपर्ने उनको अडान थियो
यता प्रकाशमान निकै अघि बढिसकेका छन् । उनले सभापतिको दौडबाट आफू पछि नहट्ने बताउँदै भोलि उम्मेदवारी दर्ता गर्ने बताएका छन्
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल