Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतमै निम्त्याइदै धार्मिक युद्द

काठमाण्डौ । हिन्दू अतिवादी समूह राष्ट्रिय स्वंय सेवक संघले त्यहाँको प्रहरी प्रशासनलाई भारत वर्षको बन्न नदिने लक्षण देखाएको छ । नेपालको छिमेकी राष्ट्रभारतले सीमा मिच्ने, भारतमा श्रम गरेर नेपाल फकर्ने नेपाली लुट्ने कामलाई लोकतन्त्र ठान्दैछ । सत्तामा भाजपा, काँग्रेस जनतादल वा माक्र्सवादी जुनसुकै आएपनि नेपाल प्रतिको दृष्टि कोणमा फरक छैन । शासकहरुलाई त्यहाँको गुप्तचर रअले जे आदेश दिन्छ नीति त्यस्तै बन्छ । तर अहिले माजपाको मातृ संस्था राष्ट्रिय स्वंय सेवक संघले धर्मनिरपेक्ष भारतमा हिन्दूत्वलाई चम्काउन कृश्चियन र मुस्लिम समुदायमाथि दमन शुरु गरेको छ ।

राजधानी दिल्लीकै गुडगाउमा मुस्लिमले नमाज पढ्न नपाउने बनाइदै छ । जहाँ नमाज पढिन्छ त्यहाँ कृतन गर्ने भजन पूजापाठ लगाउन थालिएको छ । मुम्बइ र छत्तिस गढका कार्यक्रम हिन्दू संगठनको धम्कीले रोकिएको अपूर्वानन्दले लेखेका छन् । दिल्ली विश्व विद्यालय हिन्दीका प्राध्याक नन्दका अनुसार प्रहरीले पनि हिन्दू धर्मका युवाहरुको निर्देशन मान्न थालेका छन् । कर्नाटक पढ्न नपाउने भाजपाको लोकतन्त्रले धार्मिक युद्द निम्त्याउदै छ । प्रहरी समेत स्वतन्त्र देखिएको छैन ।

इसाई र मुस्लिमहरु माथि अत्याचार शुरु गर्ने भारत सरकारका प्रमुख नरेन्द्र मोदी शासनमा हिन्दूत्वको अपमान गर्ने भन्दै मध्ये प्रदेश उच्च न्यायलयमा मुनम्बर फारुकीले साथ पाएनन् । मुसलभावको कार्यक्रममा हिन्दू देवि देवताको मजाक उडायो भन्ने आरोपले पनि चर्चा पायो ।

मुस्लिम कलाकार गिरफ्तार गर्ने मोदी शासनमा कला देखाउन नपाउदा ज्याला मजदुरी गर्न बाध्य पारियो । प्रहरी समेत आरएसएसको विचार लाद्न बाध्य छ । यस्ता घटना नेपाल प्रहरीले देखाउछ । प्रहरी प्रशासन सरकारमा रहेका दलहरु काँग्रेस र एमालेको घोडा बन्ने गर्छन् । नेपालको हालत त्यही हो । माओवादीका गृहमन्त्री बन्छन् प्रहरीले आदेश काँग्रेस र एमालेको मान्छ । चुरा बेच्ने मेहेन्दी लगाउने भुसलमानको पेशामाथि दमन गर्न आरएसएससँग जोडिएका उपद्रवीहरु जोडिएका छन् । संविधानले हरेक भारतीयले सेवा गर्ने भन्छ । सत्तामा हिन्दू धर्मका ठेकदार नरेन्द्र मोदी छन् । धर्म निरपेक्ष राष्ट्रमा हिन्दूको आगो ताप्न राज्य लाग्छ भने भारतमा धार्मिक युद्द चर्कनु नौलो होइन ।

नेपालमा दलका नेताहरु कृश्चियनका ठेकदार बने, हिन्दू धर्म र राजाको नाउमा संविधान सभामा ३५ सभासद प्रवेश गराएको राप्रपाको हालत ०७४ सालमा आएर कठ्ठै भन्नेमा आउनुको कारण कमल थापाको अवसरवादी चरित्र थियो । पार्टी नीति एउटा नेताको चरित्र अर्काे भयो भने नतिजा राप्रपाको नेतृत्व परिवर्तन जस्तै हुन्छ । भाजपाका नरेन्द्र मोदीले गफ जति लगाए पनि हिल्लीमा जस्तै हुन्छ । भाजपाका नरेन्द्र मोदीले गफ जति लगाए पनि दिल्लीमा उनको दाल गलेन । त्यहाँ केजरीवालको शासनले जनतालाई पारेको प्रभाव भत्काउन इसाइ र मुस्लिम माथि प्रहार भएको हुन सक्छ ।


सम्बन्धित समाचार

दुर्गा प्रसाईँमाथि साइबर क्राइम

२०८३ जेष्ठ ६

ताजा नेपाल

सत्ताबाट अघाएकालाई के पुगेन

२०८३ जेष्ठ ६

ताजा नेपाल