Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । त्याग र निष्ठाको राजनीति त्यागेर सत्ता र स्वार्थको खेलमा केन्द्रीत हुँदा गुट विभाजनको चपेटामा परेको नेपाली काँग्रेसले आफूलाई महाकुम्ब मेलाको समाप्तीतिर डोर्याएको छ । संस्थापक नेताहरुले जनता, राष्ट्र र प्रजातन्त्रका लागि देखाएको त्याग महाधिवेशन स्थलमा टागिएको तुल र व्यानरले बोकेका छन् । संस्थापन पक्षको विरुद्ध पदकै लागि रामचन्द्र पौडेल आफ्नै टीम मिलाउन असफल हुँदा मैदानबाट पाखा लागेका छन् । रामचन्द्रको दाउ डा. शेखर र प्रकाशमानलाई आफ्नो पछाडि लगाउने थियो । तर उनीहरुले रामचन्द्रलाई पुछेनन् । बरु रामचन्द्रले मैदान छाडे ।
काँग्रेसमा अन्र्तपार्टी निर्वाचनबाट पदाधिकारीहरुको चयन गर्ने विगतको परम्परा हो । यस पटक आपसी भिड नियन्त्रण गर्न प्यूठान र सुनसरीमा प्रहरीले गोली समेत चलायो । काँग्रेसले भनेको प्रजातान्त्रिक समाजवाद कागजमा हुन्छ । कम्युनिष्टको पनि त्यस्तै हो भन्ने कुरा एमालेको अोली मण्डलीको चितवन जमघटले देखायो । माओवादीको नेतृत्व आफू कार्यकर्ताको लेभीबाट मासुभात खाने तर राष्ट्रिय सम्मेलनका सहभागी सदस्यलाई भोकै राख्ने जनवाद प्रदर्शन गर्दैछ । कुनै पनि दलको कुम्बमेलामा सहभागी प्रतिनिधिले प्रवेश शुल्क बुझाएर गाँस बासको चिन्ता गर्दैनन् । तर सत्तामा भएको अर्थ, उर्जा, शिक्षा भूमि सुधार खेलकुद मन्त्री पाएको माओवादी नेतृत्वले सहभागीहरुको खाने बस्ने व्यवस्था प्रदेशले गर्ने भन्ने लाजको विषय हो ।
काँग्रेसमा निति, विधि, सिद्दान्तको लडाँइ कहिले हुदैन । केबल पार्टीका संस्थापकहरुको तस्वीर पोष्टरमा राखेर सम्झना गर्याै तीनको आचरण चरित्र त्याग र समर्पण लत्याउन त्यहाँ बहादुरी भयो । यस पटक काँग्रेसहरु फाँडिएका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा प्रकाशमान सिहंसँग जोडिएका छन् । देउवाका सारथी सुनिल थापा, बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्की, एनपि साउथ शंकर भण्डारी, ध्रुव बाग्ले गोविन्द भट्टराईहरुले पद पाएनन् । उनीहरु केन्द्रीय सदस्यमा थन्किदै छन् । पार्टीमा लागेर पदको लोभ गर्नु नौलो होइन । रामचन्द्रलाई जिल्लाबाट साथ थिएन । वरिष्ठ नेता भएर उदारता, समानतामा ध्यान नदिने सर्किण सोचका कारण पौडेलको टयाँउ ट्याउको सुनुवाई अन्तिमसम्म पनि भएन ।
काँग्रेसभित्र पदको लडाँइ ठूलो छ । यसपटक पदको लडाँइमा कोईराला परिवार समेत भत्कियो । डा. शशाङ्कले दौड छाडे तर सुजाता भने प्रकाशमानसँग जोडिन पुगिन् । डा. शेखरले समेटेको नेतृत्वमा उपसभापति पदका धनराज गुरुङ्ग, र चन्द्र भण्डारी भन्दा देउवाको टीममा विजय गच्छदार र पूर्ण बहादुर खड्का धेरै अगाडि छन् । महामन्त्रीमा देउवाको टीममा डा. प्रकाशशरण भन्दा शेखरको टिमका मिनेन्द्र रिजाल कार्यकर्तामा भिजेका हुन् भन्ने ठाँउ छैन । तर गगन थापा र प्रदिप पौडेलको जोडी पूरानो हो । थापाले आँफू शेखरसँग मिलेर महामन्त्री हुने प्रदिपलाई कृष्ण सिटौलाबाट संस्थापनमा भित्र्याएका त होइनन् शंका छ ।
यसपटक रामचन्द्र र कृष्ण सिटौला कुनै पदमा उपस्थित भएनन् । रामचन्द्रको वक्तव्यले उनी आफैलाई गिज्याएको छ । किनकी पौडेल जहिले पनि सेकेण्ड मेन भएर बसे । त्यसरी बस्दा शेरबहादुर देउवाले गिरिजा कोईराला, शुशिल कोइरालासँग सभापति पदमै भिडेर आएका थिए । दुई कोइरालासँग भिडेका रामचन्द्रलाई शेरबहादुरले राजनैतिक रुपमा होइन समुहगत रुपमा पछारेका हुन् । पौडेल सभामुख भएर मन्त्री पद पनि छाडेनन् । देउवा गृहमन्त्री भएर प्रम पदमा पुगे यो पाँचौ पटक हो ।
महामन्त्रीमा घाँत हुने संकेत
भृकुटी मण्डप वरपर समूहगत रुपमा भएको जुलुस प्रदर्शनमा पनि नेताहरु आफैभित्र विस्वस्थ्त छैनन् भन्ने देखायो । त्यहाँ शेरबहादुर देउवा र शेखर कोइरालाको पक्षमा देखिएको लहर मतदान प्रकृया शुरु हुँदासम्म टिक्छ टिक्दैन शंका छ । देउवा पक्षबाट महामन्त्रीमा उभ्याइएका डा. प्रकाशरण महतलाई देउवाकै विश्वास पात्रहरु बालकृष्ण खाँड मोहन बस्नेत, रमेश लेखक, यनपी साउथ, उदय सम्सेर जवराले साथ दिन्छन् कि अन्तरघात गर्छन् निश्चित छैन । किनकी बस्नेतसँग खाँड, जवरा र साउथको राम्रो छैन । यीनै बस्नेत सहमहामन्त्रीको दाबेदारका रुपमा प्रचार गरिरहेका थिए । तर रातारात युवा नेता किशार सिहं राठोरले सहमन्त्री पद फुट्काएपछि बस्नेत केन्द्रीय सदस्यमा थन्किएका हुन् ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल