Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस महाधिवेशन अहिले ३ बजेसम्म ९०३ मत खसेको छ

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान भइरहेको हो ।

राष्ट्रिय सभागृहमा एक र भृकुटीमन्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । तीनवटै स्थानमा गरेर दिउँसो पौने ३ बजेसम्म ८७८ मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभागृहमा ३४३ र भृकुटीमन्डपका दुई स्थान ९प्रदर्शनी हल र प्रांगण०मा ५३५ मत खसिसकेको छ ।

निर्वाचन समितिले भृकुटीमन्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिय सभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।
एक प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

कांग्रेस विधानानुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या जम्मा चार हजार ७४३ कायम छ ।
आज बिहान ८ बजेदेखि गर्ने भनिएको मतदान मध्याह्न करिब १२ बजेदेखि मात्रै सुरु भएको थियो


सम्बन्धित समाचार