Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कमल थापाको बर्बराहट जारी, फेरि दरबारमाथि नै खनिए

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा चुनावी प्रतिस्पर्धाबाट पराजित भएका पूर्व अध्यक्ष कमल थापा बर्बराउनेक्रम जारी रहेको छ । आफ्नो अकर्मन्यता ढाकछोप गर्न उनी अहिले दरबारमाथि खनिएका छन् । थापालले निर्मल निवासले देशमा पुनः देशमा अस्थिरता सिर्जना गर्न राप्रपा कब्जा गर्न खोजेको आरोप लगाएका छन् । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोमबार पत्र पठाउँदै थापाले निर्मल निवासले राजसंस्था पुनस्थापनाका लागि विदेशी शक्तिको मुख ताक्ने र राजनीतिक अस्थिरता कायम गर्नेमा मात्रै ध्यान केन्द्रीत गरेको आरोप लगाएका हुन् । राजसंस्था पुनःस्थापनको निम्ति राजनीतिक दलहरूसँग सम्बन्ध सुधार गर्ने, जनताको विश्वास आर्जन गर्ने कार्यको सट्टा कहिले विदेशीको मुख ताक्ने अनि कहिले राजनीतिक अस्थिरता खडा गर्नेतर्फ मात्र निर्मल निवास केन्द्रित रह्यो, थापाले आरोपपत्रमा उल्लेख गरेका छन् । थापाले राजनीतिक अस्थिरता सिर्जना गर्ने निर्मल निवासको चाहाना आफूबाट पूरा नहुने देखेपछि आफ्नो पूर्व सहकर्मी लिङ्देनलाई प्रयोग गरिएको बताएका छन् । आफूबाट सहयोग नहुने देखिएपछि लामो समयसम्म मेरो अभिन्न सहकर्मी रहनु भएका तपाईंलाई हतियारका रूपमा प्रयोग गर्न खोजिएको छ । पहिले नै तयार गरिएका केही भजन मण्डलीसँग राप्रपालाई मिसाएर निहित स्वार्थ पूरा गर्ने माध्यम बनाउन खोजिएको छ, उनको आरोप पत्रमा यस्तो लेखिएको छ । उनले निर्मल निवासले रिमोट कन्ट्रोलबाट राप्रपालाई चलाउने खोजेको आरोप पनि लगाएका छन् । आफूले भन्दै आएको विषयलाई पराजयपछिको आक्रोशको रुपमा मात्रै नलिन समेत उनले आग्रह गरेका छन् ।