Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सदन अवरुद्ध गर्ने रणनीति बनाउँदै एमाले

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ११ बजे बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका । आजको बैठकमा संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने छ । नेम्वाङका अनुसार बैठकमा आजदेखि सुरू हुने संसद बैठकमा आफ्ना सांसदहरू कसरी प्रस्तुत हुने भन्ने रणनीतिबारे छलफल हुनेछ । पदीय मर्यादाविपरीत एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै आएको एमाले सांसदहरूले संसद बैठक अवरोध गर्दै आएको छ । पार्टीले कारवाही गरेका सांसदहरू बैठकस्थल प्रवेश गर्न दिएसम्म सदन चल्न नदिने एमालेको अडान कायम छ । संसद बैठक दिउँसो २ बजेदेखि सुरू हुँदैछ ।