Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महामन्त्रीमा गगनको अग्रता पछ्याउँदै विश्वप्रकाश

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत सभापति र उपसभापतिको छिनोफानोपछि निकै आकर्षणको केन्द्र मानिएको सभापतिको भन्दा पनि बढी चर्चा भएको महामन्त्रीको भाग्य फैसला हुँदैछ । बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार थापाले सर्वाधिक ६७३ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले ४३४ मत ल्याएका छन् भने प्रदिप पौडेलले ३४२ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बनाएका हुन् । यस्तै प्रकाशशरण महतले ३५३ र मीनेन्द्र रिजालले १९४ मत पाएका छन् । यस्तै राजाराम कार्कीले ३८ मत ल्याएका छन् । काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् । अर्थात एक मतपत्रमा दुई जनालाई भोट हाल्न पाइन्छ ।