Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

क्रिकेटरलाई कारबाही गरिएकोमा प्रचण्ड असन्तुष्ट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपाली क्रिकेटका खेलाडीहरूमाथि गरिएको कारबाहीको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री देउवालाई प्रचण्डले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत् जानकारी दिइन्। यसअघि नेपाल क्रिकेट संघ ९क्यान० को बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो।
मल्ल र ऐरीसहित अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय भएको थियो। चार खेलाडीले वर्गीकरणको विषयमा असन्तुष्टि व्यक्त गरेपछि क्यानले कारबाही गरेको हो। बोर्ड बैठकमा ६ जना केन्द्रीय समितिले कारबाही गर्ने निर्णयको विरोध गरेका थिए।
यस्तै भेटका क्रममा अध्यक्ष प्रचण्डले देउवालाई नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना प्रदान गरेका थिए। भेटमा सदन सुचारू गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि छलफल भएको स्वकीय सचिव दाहालले उल्लेख गरेकी छन्।