Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दाइसहित विप्लवका २१ कार्यकर्ता मध्यराति झिरिप्पै

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् ।
विप्लव समूहका मध्यकपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जना दाङको राजापुर क्षेत्रबाट पक्राउ परेको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे ।
मध्यराति १ बजे पक्राउ परेका उनीहरुसँग विस्फोट सामग्री र हतियार पनि रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्लाको सदरमुकाम ल्याइदैँछ ।

यस्तै, राप्ती ब्यूरो इन्चार्ज केश बहादुर बाठा ‘सुवास’ समेत प्रक्राउ परेका छन् । पक्राउ परेका सबै राप्ती ब्यूरोका सदस्यहरु रहेको बताइएको छ । ब्यूरोको बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । उनीहरुसँग कति हतियार र विस्फोटक पदार्थ थियो भन्ने अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल