Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केयुकेयलमा कर्मचारी नै ठेकेदार

काठमाडौं । काँग्रेसी चरित्र भिडाएर आम्दानीका स्रोत खोज्दै मनपरी गर्दै आएका र कमजोर महाप्रबन्धकलाई अटेर गरेका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका छाडा कर्मचारी फेरि एक पटक मन्त्रालयको अक्रमणमा पर्ने भएका छन् । कर्मचारीले काम गर्नु भन्दा नेताको चाकडी गर्दै आम्दानी हुने ठाउँ खोज्दै खानपानीको व्यवस्थापनतर्फ कुनै चासो दिएका छैनन् । केयुकेयलका कर्मचारी ठेकेदार पनि बनेका छन् । कम्पनीले जनस्तरमा शेयर वितरण गरेर आम उपभोक्तालाई पानी व्यवस्थापन गर्न आफ्नो अभियानसँग जोड्ने योजना ल्याए पनि पानीको वितरण प्रक्रियामा सुधार आउन सकेको छैन । चुहावट नियन्त्रण गरेकै छैन । खानेपानी मन्त्रालयमा मन्त्री उमाकान्त चौधरीको आगमनसँगै मन्त्रीसँग भन्दा बालुवाटारमा पुगेर भानु देउवाको चाकडी गर्ने समूह पनि निगरानीमा परेको छ । मन्त्री चौधरी काम चाहन्छन् केयुकेएलका कर्मचारी दाम चाहन्छन् ।

केयुकेएलले खानेपानी व्यवस्थापन बोर्डबाट नयाँ पाइप विस्तारका योजना स्वीकृत गरी बजेट समेत पाउँछ तर राजनीति धेरै, काम कम गर्ने चोर प्रवृत्तिका कर्मचारीहरू नै लामो समय एकै ठाउँमा बसेर कमाई गरेकै छन् । गत वर्ष कर्मचारीको सेट परिवर्तन हुँदा कोलाहल चल्यो । महाप्रबन्धक मिलन शाक्य संस्थागत रूपमा केयुकेएलकै पुराना इञ्जिनियर भए पनि उनको कार्यकाल गनिमत छैन । हिजो राजनीतिक आडमा मनपरी गरेका इञ्जिनियरदेखि पलम्बरसम्मले स्वार्थ मात्र हेर्ने गरेका छन् । सरकार राष्ट्रिय गौरवको आयोजना मेलम्ची ३ महिनामा मर्मत गरेर काठमाडौंमा पानी ल्याउने भन्दैछ । तर अलमल गर्ने तत्व त्यही छ । केयुकेएल बोर्डको अध्यक्ष असक्षम र नालायक चरित्रका त्रिरेश खत्री छन् ।

उनी पिआईडीमा बसे कमाए, कामको गुणस्तरको ख्याल गरेनन् । उनैलाई तत्कालिन सचिव माधव बेलबासेले मेलम्ची खानेपानी विकास समितिको कार्यकारी बनाए । काम पूर्ण नहुँदै तत्कालिन प्रम केपी ओलीलाई खुशी बनाएर मेलम्चीको पानी सुरुङमा पठाएर केही दिन रमाइलो गरियो । परिक्षण विना पानी पठाइयो । त्यो बापत खत्री खानेपानी विभागको महानिर्देशक छन् तर मेलम्ची अलपत्र छ । जसले अपराध गरेको छ त्यसैलाई सरकारले मलेम्चीमा पठाउनु पथ्र्यो । इञ्जिनियर भएर पनि प्राविधिक क्षमता नभएका सहयोगी टीम र कन्सल्ट्यान्टको सहयोगबाट चल्ने त्रिरेशले केयुकेयल बोर्डको बैठक समेत राखेका छैनन् । बोर्डले गृहकार्य दिए पो मिलन शाक्यलाई नगन्ने गिरोह ठाउँको ठाउँ करक्क पर्छ ।

खत्रीलाई प्रम पत्नी डा. आरजु देउवा र प्रमका स्वकीय सचिव भानु देउवाको साथ भए पुगेको छ । सुदूरपश्चिमको नाताले कामको भेउ देखाउन नसक्ने धम्पुसबाट मन्त्री चौधरीले कस्तो काम लिन्छन् ? जबकि मेलम्चीको काम छोडेर गएको इटालियन कम्पनीले भन्सार छूट गरेर भिœयाएका ३५ वटा पजेरो गाडीबाट समेत सरकारले फाइदा लिन सकेको छैन । ती गाडी लगनखेलतिरको एक कम्पनीले आम्दानी लिइरहेको छ । अदालतले समेत ती गाडी सरकारका हुन् भनेको छ तर मन्त्रालय जफत गर्दैन ।