Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यी कारणले विवाह गर्नुहुँदैन

अधिकांश किशोर–किशोरीहरूको विवाह छिट्टै हुने गर्छ, जो पछि गएर पछुताउँछन् । यद्यपि उनीहरूले विवाह आफ्नो खुसीले गरेका हुँदैनन् । कसै न कसैको केही न केही बाध्यता हुने गर्दछ । यदि तपाईं बाध्यतामा परेर विवाह गर्दै हुनुहुन्छ भने निम्नलिखित कारणहरूबाट प्रभावित भई विवाहको हतार नगर्नु होला–
परिवारको दबाब
प्रायः अधिकांश परिवारका सदस्यहरूले तपाईंलाई अब त विवाह गर्नुपर्छ भन्दै दबाब दिन्छन् । आमा–बुबाको दबाबका कारण छोरीहरू पनि विवाहका लागि सहजै तयार हुन्छन् । तर त्यस्ता धेरै कुराहरू हुन सक्छन्, जसबाट तपाईंलाई बिहेपछि पश्चाताप भइरहेको हुन्छ ।
बढ्दो उमेरको चिन्ता
प्रायः परिवारका सदस्यहरूले तपाईंलाई ‘उमेर ढल्किन लागिसक्यो, अहिले विवाह नगरे कहिले गर्ने’ भन्दै विवाहका लागि दबाब दिन थाल्छन् । ‘२५ वर्षकी भइसक्यौ, यो उमेरपछि तिमीसँग कसले विवाह गर्छ ?’ जस्ता कुराहरू गरेर छोरीलाई विवाह गर्नका लागि बाध्य पार्ने आमा–बुबाले आजैका दिनदेखि छोरीलाई दबाब दिन रोक्नुपर्छ । छोरीहरूलाई विवाहका लागि प्रसस्त सोच्न समय दिनुपर्छ । जब उनीहरू विवाहका लागि तयार हुन्छन्, त्यसपछि मात्रै विवाह गरिदिनुपर्छ ।
आफन्तको दबाब
कहिलेकाहीँ आमा–बुबाले कुरा बुझिसकेका हुन्छन् तर केही आफन्तहरू त्यस्ता पनि हुन्छन्, जसले युवतीका आमा–बुबामाथि दबाब दिइरहन्छन् । ती आफन्तहरूले ‘केटा अत्यन्त राम्रो छ, छोरीको विवाह उसैसँग गरिदिनुपर्छ, यो भन्दा राम्रो परिवार पाइँदैन भन्दै दबाब दिन थाल्छन् । यदि तपाईंको परिवारमा पनि कुनै आफन्तले विवाहका लागि दबाब दिइरहेका छन् भने सावधान हुनुहोला, दबाबमा आएर विवाह गर्दा पछुताउनुपर्ने छ ।
ब्रेकअपलाई बिर्सन
कतिपय व्यक्तिहरू ब्रेकअपपछि निकै नै उदास तथा दुःखी हुन थाल्छन् । त्यस्तो बेला उनीहरूसमक्ष विवाहको प्रस्ताव आयो भने उनीहरूले त्यसलाई तत्काल स्वीकार्छन् । आफ्नो प्रेमलाई बिर्सन यदि तपाईंले विवाहको प्रस्ताव स्वीकार्नुभएको हो भने त्यो गल्ती नगर्नुहोस् । यसो गर्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नुजस्तै हो ।
सम्पत्ति
कतिपय व्यक्तिहरू आर्थिक सम्पन्नता र रहन–सहन देखेर विवाहका लागि तयार हुन्छन् । तर ती व्यक्तिको व्यवहार कस्तो छ भन्ने कुरा थाहै हुँदैन । विवाहपछि जब व्यवहार चाहेको जस्तो जस्तो हुँदैन, त्यो बेला उक्त वैवाहिक जीवन लामो समयसम्म अघि बढ्न सक्दैन । त्यसैले विवाह गर्नुअघि हुनेवाला जीवनसाथीका बारेमा राम्ररी बुझ्नुपर्छ ।


सम्बन्धित समाचार