Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसारकै महंगो डिभोर्स

लन्डन । मिलनका कुरा मत्रै होइन विछोडका कुरा पनि विश्व चर्चिृत हुन्छन् । दुबईका शासक शेख मोहम्मद विन रसिद अल मोक्तम र छैटौं पत्नी राजकुमारी हाया विन्त अल हुसेनबीच सम्बन्ध विच्छेद हुने भएको छ । डिभोर्सबापत त्यहाँका शासकले ७३ करोड अमेरिकी डलर (८८ अर्ब रुपैयाँ) पत्नीलाई तिर्नुपर्ने भएको छ । बेलायतको अदालतले मंगलबार गरेको फैसलाअनुसार दुबईका शासनले पत्नी र सन्तानका लागि सो रकम तिर्नुपर्ने भएको हो । बेलायतको कानूनी इतिहासमा यो डिभोर्सलाई सबैभन्दा ठूलो डिभोर्सको रुपमा व्याख्या गरिएको छ ।
छैटौ श्रीमती हाया, १४ र ९ वर्षिय दुई सन्तानका लागि रकम तिर्नुपर्ने भएको हो । राजकुमार हाया जोर्डनका पूर्वराजा हुसेनकी छोरी हुन् । अदालतको फैसलाअनुसार राजकुमारी हायाले लन्डनको दरबार र एघम सुरेस्थित निवास समेत पाउने भएकी छिन् । साथै नियमित तलबसहित नर्सको सुविधा, सुरक्षाकर्मी, सवारीसाधन र थुप्रै घरपालुवा जनावरको लागि स्याहार गर्न समेत शेखले रकम दिनुपर्ने भएको छ । साथै दुई सन्तानको लागि वार्षिकरुपमा ७४ लाख अमेरिकी डलर पनि तिर्नुपर्ने भएको छ । युएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री रहेका अर्बपति शेख मोहम्मदले सन् २००४ मा राजकुमारी हायासँग बिहे गरेका थिए ।