Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धमाधम बढ्न थाले कोरोना संक्रमित

काठमाडौँ । विश्व महामारी कोरोनाको संक्रमण केही मत्थर भएर जनजीवन सामान्य बन्ला भन्ने अपेक्षा गरिएको बेला फेरि संक्रमित थपिनेक्रम बढ्दो देखिएको छ । विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्या बढेको छ । ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा मात्रै ८ लाख ५१ हजार ५५२ जनामा संक्रमण पुष्टि भएको हो ।
यूरोपमा मात्र ४ लाख ७० हजार १९४ जना थपिएका छन् । तीमध्ये अमेरिकामा मात्रै २ लाख १७ हजार ३४९, बेलायतमा एक लाख ६ हजार १२२, फ्रान्समा ८४ हजार २७२, स्पेनमा ६० हजार ४१, जर्मनीमा ४५ हजार ८५८, इटलीमा ३६ हजार २९३ र रुसमा २५ हजार २६४ जना छन् । एसियामा टर्कीमा सबैभन्दा धेरै १९ हजार ९५ जना संक्रमित थपिएका छन् । साउद अफ्रिकामा २१ हजार ९८ जनामा पहिचान भएको छ । यही अवधिमा ३ लाख ३२ हजार ५६५ जना कोरोनामुक्त भएका छन् भने ३ हजार ८३५ संक्रमितको मृत्यु भएको छ ।

कोरोनामुक्त हुनेमा अमेरिकामा ९७ हजार ६८४, जर्मनीमा ६५ हजार ५००, फ्रान्समा ४८ हजार १८७, रुसमा ४२ हजार ३२२ र टर्कीमा २२ हजार ८१६ जना रहेका छन् । मृत्यु हुनेमा अमेरिकामा एक हजार ३९२, रुसमा एक हजार २०, जर्मनीमा ४७५, टर्कीमा १७९, बेलायतमा १४० र फ्रान्समा १७० जना रहेका छन् ।

हालसम्म विश्वभर कुल संक्रमितको संख्या २७ करोड ७४ लाख ५६ हजार ४०३ पुगेको छ । तीमध्ये २४ करोड ८५ लाख ७१ हजार २२५ जना निको भइसकेका छन् भने ५३ लाख ९२ हजार ५३८ जना संक्रमितको मृत्यु भएको छ ।