Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरवार हत्याकाण्डमा भारतको हात हुन सक्ने परोक्ष टिप्पणी गरेका छन् । भारतले तेर्स्याएका शर्तहरू राजा वीरेन्द्रले पूरा गरेको भए राजा वीरेन्द्रले मारिनुनपर्ने उनको अभिव्यक्ति छ । राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा लिङदेनले सिक्किममा राजसंस्था अन्त्यपछि देशै भारतमा विलय भएको स्मरण गरे । उनले भने, ‘त्यसबेला म सानै थिएँ । राजसंस्था नरहेपछि जनप्रतिनिधि भनिनेहरुले देशै भारतमा बिलय गराए । आज नेपालमा पनि त्यही खतरा मडराइरहेको छ ।’
आफूले राजा वीरेन्द्रसँग नजिक हुने कहिल्यै अवसर नपाए पनि उनका शासनकालका धेरै प्रसंग आफ्ना लागि प्रेरणादायी रहेको लिङदेनले बताए । उनले २०४५–४६ सालको नाकाबन्दीकाल सम्झिए । लिङदेनले भने, ‘राजा वीरेन्द्रको कुरा गर्दा २०४५–४६ सालताकाको नाकाबन्दी सम्झिन्छु । म त्यसबेला विद्यार्थी राजनीतमा थिएँ । तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्रसामु ६ बुँदे शर्तहरू अघि सारेको मैले बताइराख्नु पर्दैन । त्यसबेला राजाले ती शर्तहरू मानेको भए राजसंस्था पनि रहिराख्थ्यो होला । यद्यपि, नाममात्रैको हुन्थ्यो होला । र, वीरेन्द्र मारिनुपर्ने परिस्थिति पनि आउँदैनथ्यो होला ।’ राजा वीरेन्द्रले विदेशीसँग सम्झौता गर्नुभन्दा आफ्नै देशका जनता र राजनीतिक पार्टीसँग सम्झौता गर्ने अडान लिएको लिङदेनले बताए । उनले भने, ‘त्यसबेलादेखि मलाई कस्तो लाग्यो भने, हामी कोहीभन्दा, कुनै राजनीतिक दलको नेताभन्दा, कुनै नागरिकभन्दा राजा देशभक्त हुन्छन् ।’
२०८३ भाद्र २७
ताजा नेपाल
२०८३ भाद्र २७
ताजा नेपाल
२०८३ भाद्र २७
ताजा नेपाल