Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसदको अवरोध खुलाउन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । बुधबार साँझ ओली निवास बालकोट पुगेर नेता पौडेलले लामो समयसम्म संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह गरेका छन् । जवाफमा अध्यक्ष ओलीले अप्राकृतिक गठबन्धन र एमालेले कारवाही गरेका व्यक्तिहरुलाई राखेर चलाइरहेको संसदको अवरोध कायमै राख्ने बताए । सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको संयोजकको हैसियतले आफूले बालकोट पुगेर ओलीँग आग्रह गरेको पौडेलले बताए । १४ औं महाधिवेशन पछि नेता पौडेल प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादु देउवासँग नजिकिएका छन् । शेखर कोइराला पक्षले संस्थापन इतरको भेला गरिरहेका बेला पौडेल देउवाको अघोषित दुत बनेर बालकोट पुगेका हुन् ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल